Suvadin, Home

अमेरिकामा प्रचण्ड पत्नीको उपचार सकियो, हाल यस्तो स्वास्थ्य अवस्था   

काठमाडाैं, चैत्र १२ - नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अमेरिकामा उपचार प्रक्रिया सकिएको छ । दाहाल परिवार पत्नी सीताको उपचारका लागि एकसाताअघि अमेरिका आइपुगेका थिए ।

सीताको जोन हप्किन्स अस्पताल र जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा स्वास्थ्य परिक्षण गरिएको थियो । बंशानुगत पार्किन्सन रोगबाट ग्रसित सीताको स्वास्थ्य परिक्षणपछि यहाँका चिकित्सकहरुले समेत उनलाई सोही रोग रहेको निर्क्यौल गरेका छन् । चिकित्सकले स्वास्थ्य परीक्षण जारी राख्न भन्दै औषधि दिएका छन् ।

मेरिल्याण्ड राज्यमा रहेको जोन हप्किन्समा स्वास्थ्य परिक्षणपछि थप उपचारका लागि जर्जटाउन यूनिभर्सिटीमा पुराइएको राजदूत डाक्टर अर्जुन कार्कीले जानकारी दिए । 

सीताको उपचारको सबै समन्वय वासिङटन डिसीस्थित नेपाली राजदुतावासले गरेको थियो । उपचार प्रक्रिया सकिएकाले नेकपा अध्यक्ष दाहाल, पत्नी सीता, छोरी गंगा र नर्स अम्बिका पुडासैनी, बिहिवार नेपाल पुग्नेगरी स्वदेश फर्कने कार्यक्रम रहेको छ । 


 

More form the Internet

loading...