Suvadin, Home

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेश सचिव गोखलेबीच भेटवार्ता

काठमाडौं,चैत्र १४-  भारतीय विदेश सचिव विजय गोखलेले परराष्ट्रमन्त्री प्रदीव ज्ञवालीसँग भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका गोखलेले बिहीबार दिउँसो परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेट गरेका हुन् ।  भेटमा नेपाल र भारतको समसामयिक विषयमा छलफल भएको छ ।  विदेश सचिव गोखलेले मन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका छन्। 

गोखले बिहीबार दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् । उनी काठमाडौं आए लगतै दुई पक्षीय सम्बन्ध र सहकार्यको बारेमा नेपाली समकक्षीसँग बैठक गरिसेका छन् । 
 नेपाली समकक्षी शंकरदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षका बारेमा दुई पक्षीय बैठक भएको हो । बैठकअघि नेपाल आएका गोखले र नेपालका विदेश सचिव  वैरागीबीच भेटवार्ता भएको हो । 

दुई सचिवको नेतृत्वमा  द्विपक्षीय वार्ता भएको हो । सचिव गोखलेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने छन् । १५ महिनाअघि विदेश सचिवमा नियुक्त गोखलेको यो पहिलो औपचारिक भ्रमण हो। 
  


 

More form the Internet

loading...