Suvadin, Home

संघमा ३५ प्रदेशमा १६ स्थानीय तहमा ४९ प्रतिशतका दरले समायोजन
कर्मचारी समायोजनको काम सकियो

काठमाडौं, चैत १४ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको कर्मचारी समायोजन पूर्णरुपमा सम्पन्न भएको जनाएको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा एक लाख ३१ कर्मचारी समायोजन गरिएको जानकारी दिएको हो ।

त्यस्तै, मन्त्रालयले तीन तहमा एक लाख ३७ हजार ६१४ कर्मचारी दरबन्दी स्वीकृत गरेको बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव केदारप्रसाद पनेरुले जानकारी दिए ।

कर्मचारी समायोजन गर्दा संघमा ३५, सात प्रदेशमा १६ र स्थानीय तहमा ४९ प्रतिशतका दरले समायोजन गरेको मन्त्रालयले जनाएको हो । जसअनुसार संघमा ४८ हजार ४०९ कर्मचारी, सात प्रदेशमा २२ हजार २९७ र स्थानीय तहमा ६६ हजार ९०८ कर्मचारी खटिनेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनकाक्रममा आएका गुनासालाई यसै महिनाभित्र सम्बोधन गरिसक्ने भन्दै कर्मचारीको वृत्तिविकासमा बाधा नपुग्ने गरी नयाँ कानुन बनाइने बताए ।

उनले कर्मचारीहरुको अभाव भइरहेको गुनासो आइरहेका बेला चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीको व्यवस्था हुनेगरी परीक्षा लिन लोकसेवा आयोगलाई निर्देशन दिइसकिएको जानकारी दिए ।

 

 


 

More form the Internet

loading...