Suvadin, Home

निर्वाचन अायाेगकाे चेतावनी
अाचारसंहिता उल्लंघन गरे कडा कारबाही

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा केही राजनीतिक दल, संस्था, उम्मेदवार र व्यक्तिरले स्थानीय तह निर्वाचनको मौन अवधिमा पनि आफ्ना वेभसाइट लगायत फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत् निर्वाचनको प्रचारप्रसार गरेको जानकारी प्राप्त भएकाले मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिताबिपरीत कुनै पनि किसिमले निर्वाचन प्रचारप्रसार गरिएको पाइएमा त्यस्तो दल, संस्था, उम्मेदवार, र व्यक्तिमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही गरिने जनाएको छ। 
निर्वाचन अायाेगकाे कार्यालय।

काठमाडौं, वैशाख ३०  - निर्वाचन आचारसंहिताको पूर्णपालना नभएकोमा सचेत गराउँदै निर्वाचन आयोगले यसको उल्लंघन भएको पाइएमा हदैसम्मको कारवाही गर्ने बताएको छ। 

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा केही राजनीतिक दल, संस्था, उम्मेदवार र व्यक्तिरले स्थानीय तह निर्वाचनको मौन अवधिमा पनि आफ्ना वेभसाइट लगायत फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत् निर्वाचनको प्रचारप्रसार गरेको जानकारी प्राप्त भएकाले मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिताबिपरीत कुनै पनि किसिमले निर्वाचन प्रचारप्रसार गरिएको पाइएमा त्यस्तो दल, संस्था, उम्मेदवार, र व्यक्तिमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही गरिने जनाएको छ।

आयोगले बिहीबार रातिदेखि मौन अवधि लागू गरेको छ। उक्त अवधिमा कुनै पनि किसिमका चुनाव गतिविधि गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको छ। मौन अवधिभर वेभसाइट, फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालहरुबाट प्रचारप्रसार भरहेको जानकारीमा आएकाले तत्काल गतिविधि रोक्न विज्ञप्तीमा आग्रह गरिएको छ।    


 

More form the Internet

loading...