Suvadin, Home

Cover Image

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

काठमाडाैं,बैशाख २ - विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ। विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गासमेत व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको हो।   

प्रधानमन्त्री निवासको जग्गा नै गम्भीर अपचलनमा परेको समाचार बाहिर आएपछि आइन्दा कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडिनै विरोध प्रदर्शन गर्नुपरेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

उनले विरोध प्रदर्शनको माध्यामबाट भ्रष्टाचारी र विचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दबाव दिइएको बताए । प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णु पौडेलका छोराको नाममा किनिएको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रदर्शन सुरु गरेको हो।   


 

More form the Internet

loading...