Suvadin, Home

मजदुरले सम्मानकासाथ काम गर्ने वातावरण बनेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले मजदुरमाथि अन्याय गरेर समस्याको समाधान खोज्न नहुने भन्दै मुलुकमा उद्योगीले ढुक्क भएर लगानी गर्न र मजदुरले सम्मानका साथ काम गर्ने वातावरण बनेको जिकिर गरे । कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै त्रिपक्षीय सहमतिविरुद्ध जान कसैलाई पनि छुट नभएको स्पस्ट पारे ।

काठमाडौं, वैशाख १८ - प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि मुलुक एक ढिक्का भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

मजदुर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले बुधबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै राजनीतिक दल, पेसागत संगठन, मजदुर र विभिन्न क्षेत्र एकजुट हुनसकेमात्र मुलुकको विकास र समृद्धि सम्भव हुने धारणा राखे ।

प्रधानमन्त्री ओलीले सरकार, रोजगारदाता र श्रमिकबीच त्रिपक्षीय सहमतिबाट बनेको श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न कुनैपनि पक्षले आनाकानी गरे कानुन प्रयोग गरेर भएपनि कार्यान्वयन गर्न सरकार बाध्य हुने बताए ।

प्रधानमन्त्री ओलीले मजदुरमाथि अन्याय गरेर समस्याको समाधान खोज्न नहुने भन्दै मुलुकमा उद्योगीले ढुक्क भएर लगानी गर्न र मजदुरले सम्मानका साथ काम गर्ने वातावरण बनेको जिकिर गरे । कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै त्रिपक्षीय सहमतिविरुद्ध जान कसैलाई पनि छुट नभएको स्पस्ट पारे ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, राजपा नेपालका नेता राजेन्द्र महतो, उपप्रधानमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतले सम्बोधन गरेका थिए ।

मजदुर नेताहरुले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक कार्यान्वयन गर्न तत्काल ट्रेड युनियन ऐन परिमार्जन गर्नुपर्नेलगायतका माग गरेका थिए ।

कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका पूर्वअध्यक्षहरु मुकुन्द न्यौपाने, खिलानाथ दाहाल, विष्णु रिमाल र शालिकग्राम जमरकट्टेललाई सम्मान गरिएको थियो ।


 

More form the Internet

loading...