Suvadin, Home

भारतमा छैठौं चरणको निवार्चन जारी, सत्तारुढ दल भाजपालाई चुनौती

नयाँ दिल्ली । भारतीय लोकसभा चुनावअन्तर्गत आज(आइतबार) छौटौं चरणको निर्वाचन सुरु भएको छ। राजधानी दिल्लीसहित ६ राज्यमा ५९ सिटका लागि मतदान हुँदैछ।

उत्तर प्रदेशमा १४, हरियाणामा १०, मध्य प्रदेश र बिहारमा ८र८, दिल्लीमा ७ र झारखन्ड राज्यमा ४ सिटका लागि मतदान हुँदैछ। आइतबार हुने निर्वाचनबाट संघीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कांग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा) का प्राज्ञ सिंह ठाकुरसहित ९ सय ६८ उम्मेदवारको राजनीतिक भविष्यको फैसला हुँदैछ ।

यस बाहेक भाजपाका मेनका गान्धी, वरुण गान्धी, रिता बहुगुणा जोशी, दिलीप घोष, मीनाक्षी लेखी तथा भारतीय कांग्रेसका दिग्विजय सिंह, ज्योतिरादित्य सिंधिया, शीला दीक्षित, अजय माकन, भूपिन्दर सिंह हुड्डा, कीर्ति आजाद र समाजवादी पार्टीका अखिलेश यादव पनि चुनावी मैदानमा छन्।

छैटौं चरणअन्तर्गत आज चुनाव भइरहेका कूल ५९ सिटमध्ये यसअघि सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)सहितको गठबन्धन ’एनडिए’लाई ४६ र भारतीय कांग्रेस गठबन्धन ’युपिए’लाई मात्र ११ स्थानमा जित मिलेको थियो।

यी क्षेत्रमा हुँदैछ चुनाव :


उत्तर प्रदेश – सुल्तानपुर, प्रतापगढ, फूलपुर, प्रयागराज, अम्बेडकर नगर, श्रावस्ती, डुमरियागञ्ज, बस्ती, सन्त कबीर नगर, लालागञ्ज, आजमगढ, जोनपुर, मछलीशहर, भदोई
बिहार – वाल्मिकी नगर, पश्चिमी चम्पारण, पूर्वी चम्पारण, शिवहर, वैशाली, गोपालगञ्ज, सिवान र महाराजगञ्ज

झारखंड – गिरिडिह, धनबाद, जमशेदपुर, सिंहभूमी

मध्य प्रदेश – मुरैना, भिन्ड, ग्वालियर, गुना, सागर, विदिशा, भोपाल, राजगढ

पश्चिम बंगाल – तामलुक, काँठी, घटाल, झारग्राम, मेदिनीपुर, पुरुलिया, बाँकुरा, बिष्णुपुर

हरियाणा –  रोहतक, सोनीपत, भिवानी महेँद्रगढ, सिरसा, हिसार, गुडगाउँ, फरिदाबाद, अम्बाला, कुरुक्षेत्र, करनाल

दिल्ली – नयाँ दिल्ली, चाँदनी चोक, पूर्वी दिल्ली, पश्चिमी दिल्ली, उत्तर(पूर्वी दिल्ली, उत्तर पश्चिम दिल्ली, दक्षिण दिल्ली
 


 

More form the Internet

loading...