Suvadin, Home

बालुवाटार जग्गा कब्‍जाबारे अनुसन्धान गर्ने डीएसपी कै सरुवा 

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्‍न केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ।  

उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्निगाहपुर पठाइएको छ। त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाा छानबिनका लागि खाली रहेको स्थानमा उनलाई पठाइएको हो। स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्यूरा प्रमुख डीआईजी निरज शाहीले अनुरोध गरेका थिए।

ब्यूरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्य भूमिकामा छन् । सरुवाको अधिकार महानिरीक्षकमा निहीत भए पनि गम्भीर प्रकृतिको अनुसन्धान प्रभावित हुनेगरी भएको सरुवालाई अर्थपूर्ण रूपमा हेर्नुपर्ने एक उच्च प्रहरी अधिकारीले जनाए । 

तीन महिनाको समयसीमा दिएर ब्यूरोलाई अनुसन्धान गर्ने जिम्मेवारी दिइएको थियो। एक महिना अझै बाँकी छ। ब्यूरोका प्रमुख डीआईजी शाहीले डीएसपी कटुवालको सरुवा भए पनि अनुसन्धानमा कुनै असर नपर्ने दाबी गरेका छन् । तर, ठूला व्यापारिक घराना र राजनीतिक नेतृत्वको नै संलग्‍नता भएको उक्त काण्डमा एकाएक अनुसन्धानका डीएसपीको सरुवाले अनुसन्धान सही दिशामा नहुने र फेरि दबाब र प्रभाव बढ्‍न सक्‍ने आशंका पैदा भएको छ । 


 

More form the Internet

loading...