Suvadin, Home

Cover Image

घुस काण्डमा परेका अख्तियारका पूर्वआयुक्त पाठक अदालतमा उपस्थित

पाठकको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलिरहेको छ।

काठमाडौं, जेठ १ -  ७८ लाख घुस काण्डमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन् । भ्रष्टाचार मुद्दामा थुनछेक बहसका लागि पाठक अदालत हाजिर भएको अदालतले जनाएको छ। 

पाठकको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलिरहेको छ। बयानपछि थुनछेकको लागि सुनुवाइ हुनेछ। उक्त बहसपछि इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी माग्ने वा साधारण तारेखमा राख्न निर्णय गर्नेछ। 

उनीसँगै प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने फरार छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्वआयुक्त पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

 

 

 


 

More form the Internet

loading...