Suvadin, Home

Cover Image

भारत निर्वाचनः मोदीको ईलाकामा प्रियंका, लगाईन् सरकारमाथी यस्ता आरोप

सो र्‍याली नगरको केन्द्रमा रहेको सानो मैदानमा भएको थियो र भिड पनि सानै थियो। तर उपस्थितहरू निकै उत्साही थिए र उनले हिन्दीमा बोल्दा निरन्तर ताली बजिरह्यो।

एजेन्सि,जेठ १ - बुधवार प्रियंका गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इलाका अर्थात उनको निर्वाचन क्षेत्र बनारसमा र्‍यालीमा सहभागी भएकी छिन्। फेब्रुअरीमा औपचारिक रूपमा राजनीतिमा जोडिएलगत्तै प्रियंका निरन्तर चुनाव प्रचार अभियानमा सामेल भइरहेकी छन्।

कंग्रेस अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंका गत साता प्रतापगढ नगरको एक मञ्चमा उक्लिदा प्रियंका गान्धी जिन्दावादुका नारा निकै बेर लागिरहे। उनलाई स्थानीय कंग्रेस नेताहरूले रातो गुलाफका माला तथा सुनौलो ताज पहिर्‍याइदिए।

प्रियंका मञ्चमा उक्लिएपछि उनको सिधा निशानामा प्रधानमन्त्री मोदी रहे। सन् २०१४ को चुनावमा गरिएका वाचा पूरा नगरेको आरोप लगाइन्। मोदी सरकारले रोजगार श्रृजना गर्न नसकेको तथा नोटबन्दीका कारण गरिब तथा साना व्यवसायीको ढाड भाँच्चिएको भन्दै उनले किसानको अधिकार हनन् भएको आरोप पनि लगाइन्।

कंग्रेसले चुनाव जिते गरिबका निम्ति रोजगारका अवसर फराकिलो पारिने, ज्याला समयमा तिरिने अनि माध्यमिक शिक्षा निस्शुल्क पारिने उनले बताइन्।

सो र्‍याली नगरको केन्द्रमा रहेको सानो मैदानमा भएको थियो र भिड पनि सानै थियो। तर उपस्थितहरू निकै उत्साही थिए र उनले हिन्दीमा बोल्दा निरन्तर ताली बजिरह्यो। आफ्नो भाषणको अन्तिममा उनले मतदाताहरूलाई कंग्रेसलाई भोट दिन र परिवर्तनका पक्षमा उभिन आग्रह गरिन्।

 

 

 

 

 


 

More form the Internet

loading...