Suvadin, Home

Cover Image

विधेयकका प्रावधानहरुले पत्रकारितामाथि अंकुश लगाउने महासंघको निष्कर्ष
मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघले भोलि संसद् भवन अगाडि प्रदर्शन गर्ने

पहिलो चरणको आन्दोलनका क्रममा शुक्रबार मध्यान्ह १२ बजे काठमाडौंमा संसद भवन बाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेकोमहासंघका महासचिव रमेश बिष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

काठमाडौं, जेठ २ - संसद्‌मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गर्दै आन्दोलित बनेको नेपाल पत्रकार महासंघले शुक्रबार संसद् भवन बाहिर र जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने भएको छ ।

सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको निष्कर्ष छ।

पहिलो चरणको आन्दोलनका क्रममा शुक्रबार मध्यान्ह १२ बजे काठमाडौंमा संसद भवन बाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेकोमहासंघका महासचिव रमेश बिष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

पहिलो चरणको आन्दोलन सुरु भएको एक सातासम्म पनि सम्बन्धित पक्षले मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको विज्ञप्तिमा उल्लेख छ।


 

More form the Internet

loading...