Suvadin, Home

Cover Image

नेकपाले मुख्य जनवर्गीय संगठनको नेतृत्व टुंग्यायो, भोली घोषणा गरिदै

तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा अधिकांश जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको हो ।

काठमाडौं, जेठ २ - सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना मुख्य जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको छ। बिहीबार बसेको सचिवालय बैठकले तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा अधिकांश जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको हो ।


विद्यार्थी संगठनको संयोजकमा ऐन महर (पूर्व एमाले) र सहसंयोजकमा रञ्जित तामाङ (पूर्व माओवादी)

महिला संगठनको संयोजकमा अमृता थापा (पूर्व माओवादी) र सहसंयोजकमा सीता पौडेल (पूर्व एमाले)

युवा संगठनको संयोजकमा रामप्रसाद सापकोटा (पूर्व माओवादी) र सहसंयोजकमा रमेश पौडेल (पूर्व एमाले)

मजदुर संगठनको संयोजकमा विनोद श्रेष्ठ (पूर्व एमाले) र सहसंयोजकमा जगत सिम्खडा (पूर्व माओवादी)

पत्रकार संगठनको संयोजकमा महेश्वर दाहाल (पूर्व माओवादी) र सहसंयोजकमा गणेश बस्नेत (पूर्व एमाले) 

बुद्धिजिवी संगठनको संयोजकमा दिनेशचन्द्र देवकोटा (पूर्व एमाले) र सहसंयोजकमा कृष्ण केसी (पूर्व माओवादी)

नेकपा एकता भएको जेठ ३ गते एक वर्ष पुग्दैछ। सोही अवसरमा आयोजित कार्यक्रममा जनवर्गीय संगठनको नेतृत्वको घोषणा गरिने छ।


 


 

More form the Internet

loading...