पुनर्निर्माणमा निरन्तर सक्रिय दम्पती
शेरबहादुर र आरजु साढे ४ करोड खर्च गर्न अमेरिका जाँदै, धुर्मुस-सुन्तली कोष जुटाउन क्यानडामा
काठमाडौं, असोज १ – प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औं महासभामा सहभागी हुनका लागि मंगलबार संयुक्त राज्य अमेरिका जाँदैछन्। २४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने देउवा राष्ट्र संघीय महासभालाई सम्बोधन गरेर असोज १२ गते नेपाल फर्किंने छन्।
चार करोड ५५ लाख ४१ हजार रुपैयाँ खर्च गर्न २४ जनाको टोली लिएर शेरबहादुर देउवा अमेरिका जाने तयारी गरिरहेका छन्। तर, कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस र सुन्तली) चाहिँ बाढी, पहिरो, भूकम्प र महामारी पीडित जनतालाई घर बनाउनका लागि सहयोग रकम जुटाउन अर्को उत्तर अमेरिकी देश क्यानडामा दिनरात नभनी खटिरहेका छन्।
धुर्मुस र सुन्तली पनि असोज दोस्रो साता नै नेपाल फर्किंने छन्। तर, फरक यतिमात्रै हो, भदौ तेस्रो साता क्यानडा गएका धुर्मुस र सुन्तली मेहनतका साथ केही लाख सहयोग जुटाएर नेपाल फर्किंने छन्।
शेरबहादुर देउवा, आरजु राणा देउवाहरु जनताले रगत–पसिनाबाट उठेको चार करोड ५५ लाख रुपैयाँ मनोरञ्जनमै सकेर नेपाल फर्किंने छन्। त्यो मनोरञ्जन त तब हेर्नलायक हुने छ, जब संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूताबासबाट थप २१ जना प्रतिनिधि महासभाका लागि जाने छन्।
धुर्मुस र सुन्तली पनि असोज दोस्रो साता नै नेपाल फर्किंने छन्। तर, फरक यतिमात्रै हो, भदौ तेस्रो साता क्यानडा गएका धुर्मुस र सुन्तली मेहनतका साथ केही लाख सहयोग जुटाएर नेपाल फर्किंने छन्। शेरबहादुर देउवा, आरजु राणा देउवाहरु जनताले रगत–पसिनाबाट उठेको चार करोड ५५ लाख रुपैयाँ मनोरञ्जनमै सकेर नेपाल फर्किंने छन्।
‘हाम्रा लक्ष्य सामाजिक कार्य हो, जनताको सेवा हो,’ शुभदिनसँगको कुराकानीमा कलाकार सीताराम कट्टेल धुर्मुसले भने, ‘क्यानडा आएर हामीले केही रकम जुटाउने कोसिस गरिरहेका छौं।’
क्यानडामा कयौं कार्यक्रम गरेर संकलित रकम वस्ती निर्माणमै खर्च गर्ने उनले बताएका छन्। ‘धेरै काम गर्न बाँकी छ, हामीले नमूना नेपालको अवधारणा पनि अघि सारेका छौं,’ कट्टेलले भने, ‘हाम्रो प्रयासमा हजारौं नेपाली नागरिकको साथ, सहयोग र सद्भाव रहेको छ।’
‘धेरै काम गर्न बाँकी छ, हामीले नमूना नेपालको अवधारणा पनि अघि सारेका छौं,’ कट्टेलले भने, ‘हाम्रो प्रयासमा हजारौं नेपाली नागरिकको साथ, सहयोग र सद्भाव रहेको छ।’
बाढीपीडितसँग धुर्मुस–सुन्तली
पहाडी र हिमाली क्षेत्र पहिरोको प्रताडनासँग जुधिँरहेका बेला राहत संकलनमा व्यस्त थिए, सीताराम कट्टेल। तर, केही दिनपछि नै तराई–मधेश ढुबानमा पर्यो। उनको मन अडिएन। उनी भोलिपल्टै बाढी प्रभावित क्षेत्रमा पुगिहाले। सप्तरीको बाढी प्रभावित क्षेत्रमा उनी खटिए।
र, सर्वसाधारणको माया, सद्भाव र विश्वास लिएर फर्किंए। ‘मलाई बाढीको पीडा कस्तो हुन्छ भन्ने कुराको ज्ञात छ,’ उनी भन्छन्, ‘त्यसैले हामी ढिला नगरी बाढी प्रभावित क्षेत्रमा गएका थियौं।’
राजनीतिक दलले कार्यकर्ता परिचालन गर्दा र सरकारी निकायहरुले राहत सामग्री बाँड्न पुग्दा सप्तरीका धेरै गाउँमा धुर्मुस–सुन्तली फाउण्डेशनले काम शुरु गरिसकेको थियो।
धुर्मुसले आमनागरिकको उद्दार गर्दा लिइएको तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो। आधा शरीर पानी डुबेको, काँधमा बालक बोकेर पाइला चाल्दै गरेका धुर्मुुसको तस्वीरको एउटा साधारण नेपालीको अठोटले ल्याएको सामाजिक जागरणको क्रान्तिकै अर्थ बोकेको छ।
आधा शरीर पानी डुबेको, काँधमा बालक बोकेर पाइला चाल्दै गरेका धुर्मुुसको तस्वीरको एउटा साधारण नेपालीको अठोटले ल्याएको सामाजिक जागरणको क्रान्तिकै अर्थ बोकेको छ।
पुनर्निर्माणमा देखाएको पौरख
सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) नेपाली कला क्षेत्रमा अहिलेका सबैभन्दा लोकप्रिय हाँस्य कलाकार हुन्। धुर्मुस र सुन्तलीले आफ्नो कलाले मात्रै होइन, प्रत्यक्ष कामले नै धेरै नागरिकलाई मनैदेखि हँसाएका छन्।
वि.सं. २०७२ सालको भूकम्पबाट क्षतविक्षत भएको क्षेत्रमा धुर्मुस र सुन्तलीले आधुनिक वस्ती निर्माण गरेका छन्। सरकारले अर्बौंको बजेट खर्च गरिसक्दा एउटा वस्ती पनि नागरिकलाई हस्तान्तरण गर्न सकेको छैन।
तर, धुर्मुस–सुन्तली फाउण्डेशनले चार वटा वस्ती हस्तान्तरण नै गरिसक्यो। अब पुनर्निर्माणकाको अर्को अवधारणा ‘नमूना नेपाल’ सफल बनाउन दिनरात खटिरहेका छन्, धुर्मुस र सुन्तली। भ्रष्ट कर्मचारीतन्त्र र राजनीतिक दलका नेता नै दलालीमा लिप्त भएका बेला नेपाली जनताका आशा र भरोषा बनेर धुर्मुस र सुन्तली उभिएका छन्।
संसारभरिका नेपालीलाई ‘नमूना नेपाल’को अवधारणा सफल बनाउन अपील गर्दै क्यानडा पुगेका धुर्मुस–सुन्तलीलाई सरकारले खासै सहयोग गरेको छैन। आफ्नै प्रयासबाट कलाकार दम्पतीले वस्ती निर्माण गरिसक्दा पनि सरकारमा पुगेका र प्रतिपक्षमा रहेका राजनीतिक दल पुनर्निर्माणको बजेट भागबण्डा गर्नमै केन्द्रित देखिन्छन्।
‘धुर्मुस र सुन्तली फाउण्डेशन’ सामाजिक कार्यका लागि परिचय बनाउँदै गएको छ।
धुर्मुस सुन्तली फाउण्डेशन
कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस र सुन्तली)द्वारा सञ्चालित संस्था ‘धुर्मुस र सुन्तली फाउण्डेशन’ सामाजिक कार्यका लागि परिचय बनाउँदै गएको छ।
काभ्रेपलाञ्चोकको पाँचखाल–६ स्थित डाँडागाउँमा नमूना वस्ती निर्माण गरेर सरकारी निकायलाई गतिलो मुक्का प्रहार गरेका धुर्मुस र सुन्तलीले गिरानचौर नमूना वस्ती निर्माण गरेर पुनर्निर्माण प्राधिकरणलाई लज्जित बनाइँदिए। उक्त वस्तीमा ५ करोड रुपैयाँको लगानीमा ६५ वटा घर निर्माण गरिएको छ।
त्यसैगरी, धुर्मुस र सुन्तलीले महोत्तरीको बर्दिबासमा एकीकृत नमूना मुसहर वस्ती निर्माण गरेका छन्। सिन्धुपाल्चोकदेखि सप्तरीसम्म पुग्दा उनीहरुले गरेको कार्यका सूची निकै लामो बन्छ।
‘नमूना नेपाल’ निर्माण अभियानमा लागेका धुर्मुस-सुन्तलीलाई नेपाली जनताले आफ्ना आदर्शका रुपमा हेर्न थालेका छन्।
को हुन् धुर्मुस र सुन्तली?
कुञ्जना घिमिरे अर्थात सुन्तली अभिनेत्री हुन्। तर, उनको परिचय यतिमै सीमित छैन। उनी सामाजिक कार्यकर्ता तथा अभियन्ता पनि हुन्। कुञ्जनाको जन्म ललितपुरमा भएको हो।
त्यसैगरी, सीताराम कट्टेल अर्थात धुर्मुस सोलुखुम्बुमा जन्मिएका हुन्। वि.सं २०४० साल असार ४ गते जन्मिएका सीताराम झापाको गौरादहमा हुर्किएका हुन्।
धुर्मुस र सुन्तलीको अबको अभियान
‘नमूना नेपाल’ निर्माण अभियानमा लागेका धुर्मुस–सुन्तलीलाई नेपाली जनताले आफ्ना आदर्शका रुपमा हेर्न थालेका छन्। र, धेरै राजनीतिक दलका नेता–कार्यकर्ता उनीहरुको कामबाट आत्तिएका छन्।
त्यसैले मुलुकको पुनर्निर्माणको काम धुर्मुस–सुन्तली फाउण्डेशनलाई सुम्पिनुपर्छ भन्ने माग पनि उठिरहेको छ। निस्वार्थ जनसेवामा सक्रिय धुर्मुस र सुन्तलीलाई भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बहस पनि चलिरहेको छ। त्यसैले राज्यको हितमा काम गर्ने यो जोडीलाई पुनर्निर्माण कार्यको नेतृत्व दिनुपर्नेमा आमनागरिकको जोड छ।
निस्वार्थ जनसेवामा सक्रिय धुर्मुस र सुन्तलीलाई भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बहस पनि चलिरहेको छ। त्यसैले राज्यको हितमा काम गर्ने यो जोडीलाई पुनर्निर्माण कार्यको नेतृत्व दिनुपर्नेमा आमनागरिकको जोड छ।