Suvadin, Home

कार्टुनिष्ट केसीकाे सचेतना अभियान
राजेश केसीकाे कर्मकथाः लुटकाे स्वर्गमाथि 'फलानाे'काे धावा !

नेपाली सञ्चारजगतका चिरपरिचित कार्टुनिष्ट तथा सामाजिक अभियन्ता राजेश केसी चित्रमा जीवनका धेरै अायामलार्इ प्रस्तुत गर्दै अाएका छन्। त्यसैले उनी नेपाली युवाहरुमाँझ निकै लाेकप्रिय छन्। केसीका कार्टुनहरुमा समाज हुन्छ, राजनीति र अर्थतन्त्र हुन्छ। र, युगयुगसम्म बाँच्ने सचेतना र प्रेरणा हुन्छ। 
कार्टुनिष्ट राजेश केसी।

काठमाडौं, असोज १ – सानैदेखि म चित्रकलामा रुची राख्थें। केही न केही चित्र नकोरी बस्दिनथें। स्कूल जाँदा कालोपाटीमा केही न केहीको चित्र कोरेकै हुन्थे। कालोपाटीको कुनामा मैले बनाएको चित्र रहिरहन्थ्यो। ती चित्र साथी र सरहरुसँग सम्बन्धित कार्टुन नै हुन्थे।

सर आउँदा अप्ठ्यारो लागेजस्ता महशुस भइरहन्थ्यो। रिसाउनु हुन्छ कि जस्तो लाग्थ्यो। तर, सरले मैले कोरेका चित्र नमेटार्इ पढाउनु हुन्थ्यो। मलाई एक प्रकारको हौसला आएजस्तो महशुस हुन्थ्यो।

त्यसैले उनी नेपाली युवाहरुमाँझ निकै लाेकप्रिय छन्। केसीका कार्टुनहरुमा समाज हुन्छ, राजनीति र अर्थतन्त्र हुन्छ। र, युगयुगसम्म बाँच्ने सचेतना र प्रेरणा हुन्छ।

बाल्यकालमा स्कूलमा बिताएका पलहरु सम्झिँरहँदा चर्चित कार्टुनिष्ट राजेश केसी निकै अानन्दित र उत्साहित देखिन्थे। नेपाली सञ्चारजगतका चिरपरिचित कार्टुनिष्ट तथा सामाजिक अभियन्ता राजेश केसी चित्रमा जीवनका धेरै अायामलार्इ प्रस्तुत गर्दै अाएका छन्।

त्यसैले उनी नेपाली युवाहरुमाँझ निकै लाेकप्रिय छन्। केसीका कार्टुनहरुमा समाज हुन्छ, राजनीति र अर्थतन्त्र हुन्छ। र, युगयुगसम्म बाँच्ने सचेतना र प्रेरणा हुन्छ। 

बाल्यावस्था र अध्ययन

बुवा अमर केसी र आमा रिद्धिकुमारी केसीका सुपुत्रका रुपमा वि.सं. २०२३ चैत १० गतेका दिन राजेश केसीको जन्म काठमाडौंको लैनचोरमा भएको हो। केसीको पूर्खोली घर नवलपरासी हाे।

तर, उनकाे बाल्यावस्था काठमाडौंमै बित्यो। स्कूलको बिदा भएको समयमा मात्रै उनी नवलपरासी जान्थे। उनले वि.सं. २०२८ सालमा लैनचौरमा रहेको आदर्श प्राविमा एलकेजीसम्म पढे।

शान्ति विद्या गृहबाट एसएलसी, त्रि–चन्द्र क्याम्पसबाट मानविकी संकायमा प्रविणता प्रमाणपत्र तह (अाइए) र स्नातक तहको पढाई पूरा गरे।

भारतीय अखबारका कार्टुनबाट प्रभावित राजेश

केसीले ५ वर्षको उमेरमा स्कूल गए। बाल्यकालदेखि नै चित्रकलामा रुची भएका उनले पहिलो पटक स्कूलमै चित्र बनाए। त्यतिबेला एउटा सिपाही परेड खेल्दै गरेको चित्र बनाएकाे उनले बताएका छन्।

केसीलाई त्यो चित्र शिक्षकले भित्तामा टाँसेको पनि अहिलेसम्म याद रहेको छ। चित्रकलामा दख्खल भएका केसीलार्इ कक्षा ३ मा पढ्दा शिक्षकले नै चित्रकलाका विषयमा पढाउन अनुरोध गर्ने गरेको केसी बताउँछन्।

राजेश केसीलाई आर के लक्ष्मणले बनाएको कार्टुन खुब मनपर्थ्याे। तर, कहीँ कतै आफ्नो सिर्जना लिपिबद्व गर्न भने थालेका थिएनन्।

खासमा भारतीय कार्टुनिष्ट आरके लक्ष्मणले बताएको इन्दिरा गान्धीसम्बन्धी कार्टुन शृंखला पढेपछि यो विधातिर उनी आकर्षित भएका हुन्। राजेश केसीलाई आर के लक्ष्मणले बनाएको कार्टुन खुब मनपर्थ्याे। तर, कहीँ कतै आफ्नो सिर्जना लिपिबद्व गर्न भने थालेका थिएनन्। 

'कलेज पढ्दै गर्दा कार्टुन बनाउन सकिन्छ भन्ने मनमा लागेको थियो,' उनी भन्छन्, 'सन् १९९० मा गोरखापत्रलाई म यस्तो खालको चित्र बनाउन सक्छु भनेर चिठ्ठी लेखेर पठाए, चिठ्ठी पठाएको महिनौपछि मलाई फोन आयो।'

२५ वर्षदेखि चित्रकला यात्रा

राजेश केसी २५ वर्षदेखि कार्टुन बनाउँदै आएका छन्। 'कलेज पढ्दै गर्दा कार्टुन बनाउन सकिन्छ भन्ने मनमा लागेको थियो,' उनी भन्छन्, 'सन् १९९० मा गोरखापत्रलाई म यस्तो खालको चित्र बनाउन सक्छु भनेर चिठ्ठी लेखेर पठाए, चिठ्ठी पठाएको महिनौपछि मलाई फोन आयो।'

त्यहाँ गएर केसीले द राइजिङ नेपालका सम्पादक श्यामबहादुर केसीलाई भेटेपछि कार्टुन प्रकाशित हुने पक्कापक्की भयाे। केसीले बनाएका कार्टुन द राइजिङ नेपालमा पहिलो पटक चार कोलममा प्रकाशित भयो।

त्यो कार्टुन थियो, प्रजातन्त्र आएपछि विभिन्न दलका नेताहरु टिकटका लागि भीड लागेको सन्दर्भकाे। त्यसमा गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह कार्टुनमा देखिन्थें। 'त्यहाँ सकारात्मक कुरा आएपछि मैले काम शुरु गरेका थिएँ,' उनले भने।

तर, त्यहाँ स्वतन्त्रतापूर्वक कार्टुन बनाउन छुट थिएन। 'यस्तो-उस्तो बनाउनु' भनी हस्तक्षेप गरिन्थ्यो। स्वतन्त्रतापूर्वक काम गर्न नपाउँदा उनी खिन्न हुन्थे। 'मैले आफ्नो सिर्जना प्रस्तुत गर्न नपाएपछि अन्ततः त्याे अखबार छोड्न बाध्य भएँ,' उनले भने। 

नीजि क्षेत्रबाट पनि अखबारहरु प्रकाशित हुन थालेका थिए। राजेश केसीले कान्तिपुर स्थापना भएपछि डमीमै कार्टुन बनाएको थिए। त्यतिबेला सम्पादक योगेश उपाध्याय थिए। उपाध्यायले डमीमै केसीले बनाएको कार्टुन मन पराए।

केसीसँग नारायण वाग्ले, युवराज घिमिरे, प्रतीक प्रधान लगायतका सम्पादकहरुसँग काम गर्दाको अनुभव र स्मरण छ।

वि.सं. २०४९ साल फागुन ७ गतेदेखि नै कान्तिपुरमा कार्टुन नियमित बनाउन थालेको उनी बताउँछन्। केसीसँग नारायण वाग्ले, युवराज घिमिरे, प्रतीक प्रधान लगायतका सम्पादकहरुसँग काम गर्दाको अनुभव र स्मरण छ।

कार्टुन युनिक सिर्जना भएकाले बनाउने स्वयम् स्वतन्त्र हुनुपर्नेमा उनकाे जाेड छ। 'उहाँहरुले कहिल्यै पनि कार्टुन बनाउने विषयमा हस्तक्षेप गर्नुभएन, मैले बनाएको कार्टुन सम्पादकले भोलिपल्ट अखबारमा प्रकाशित भएपछि नै हेरौंला नि भन्ने गर्नु हुन्थ्यो,' उनले भने, 'त्यतिबेला पूराना राज्यसत्ताधारीका कारण कार्टुन बनाउन सकिँदैनथ्याे, अहिले धेरै स्वतन्त्रता छ।'

संस्थाभित्र स्वतन्त्र रुपमा काम गर्न पाइने उनकाे अनुभव छ। ‘शुरु–शुरुमाा कार्टुन बनाउन गाह्रो हुन्थ्यो,’ उनले भने, ‘त्यति पोख्त हुन सकेको थिइनँ, तालमेल मिलाउन गाह्रो हुन्थ्यो, तर स्वतन्त्रतापूर्वक कार्टुन बनाउने मौकाले मैले अाफूलार्इ निखार्दै लगेँ।’

अहिले हरेकजसो पत्रिका कार्टुनबिना प्रकाशित भएको हुँदैनन्। अझ वर्गीकरणमा पत्रिकालाई ‘क’ श्रेणी पार्न त कार्टुन अनिवार्य चाहिन्छ भन्ने नियम नै छ। केसीले कान्तिपुरपछि श्रीसगरमाथा, काठमाडौं पोष्ट, इन्डिपेन्डेन्ट साप्ताहिक, हिमाल, दृष्टि साप्ताहिक लगायतका अखबारमा उनले काम गरेका छन्।

‘त्यति पोख्त हुन सकेको थिइनँ, तालमेल मिलाउन गाह्रो हुन्थ्यो, तर स्वतन्त्रतापूर्वक कार्टुन बनाउने मौकाले मैले अाफूलार्इ निखार्दै लगेँ।’

परिवारले सोचेकोभन्दा फरक पेशा

परिवारका सदस्य नेपाली सेनामा भएकाले राजेश केसीलाई पनि नेपाली सेनामा नै आबद्व गराउने परिवारको सोच थियो। तर, केसीलाई मनपर्ने पेशा भएपनि उनी त्यतिबेला 'उड्तापन्छी' जस्तो स्वभावका केसीले त्यतातर्फ ध्यान दिँएनन्।

कक्षा १२ को पढाई गर्दै-गर्दा परिवारबाट नेपाली सेनामा जागिर खान जानुपर्छ भन्ने दबाब आएको थियो। तर, घरमा स्नातक तह पढ्दै छु भन्ने जानकारी परिवारका सदस्यलाई थिएन।

केसीले जब नेपाली सेनामा जाने उमेर ढल्केपछि मात्रै आफू स्नातक तहको अध्ययन गरिरहेको घरमा जानकारी गराएका थिए। नेपाली सेनामा जानुपर्छ भनेरै आफूले पढार्इकाे विषय गाेप्य राखेकाे उनले बताए। 

कार्टुनिष्टको पनि जागिर हुन्छ?

‘भविष्यमा आफ्ना सन्तानलाई डाक्टर, इञ्जिनियर, पाइलट वा यस्तै केही भएको हेर्ने सपना धेरैको हुन्छ। तर, सबै बालबालिकाले त्यो हासिल गर्न सक्दैनन्।

'मैले काम थाल्दा पनि यस्तै थियो,' उनले भने, 'कार्टुनिष्टले पनि राम्रो कमाउन सक्छ, घरबार चलाउन सक्छ भन्ने थिएन, तर म त्यसैमा रमाउन चाहन्थें, मलाई थाहा थियो कि कार्टुनमार्फत समाजमा परिवर्तनको सन्देश दिन र विकृतिमाथि खबरदारी गर्न सकिन्छ।' 

'कार्टुनमार्फत समाजमा परिवर्तनको सन्देश दिन र विकृतिमाथि खबरदारी गर्न सकिन्छ।'

कार्टुनसँगको संगत

केसी चित्रकलामा सानैदेखि रमाउने व्यक्ति हुन्। ३ कक्षामा पढ्दा केसीले बनाएको डाँफेको चित्रले राष्ट्रव्यापी चित्रकला प्रतियोगितामा पुरस्कार पाएको थियो।

हजुरबुबाले घरमा ल्याउने इण्डिया टाइम्समा छापिने कार्टुनेले केसीलाई त्यतातिर तानेको थियो। इन्दिरा गान्धीको तस्वीर चित्रमार्फत नै सजिलो गरी चिनेपछि केसीले यो विधातिर हात हाल्ने अठोट गरेका हुन्। 

होटल र ट्राभल एजेन्सीको अनुभव 

कान्तिपुरको प्रकाशनसँगै केसीले नियमित रुपमा कार्टुन बनाउन थाले। त्यतिबेला केसीको जागिर ट्राभल एजेन्सीमा थियो। १७ वर्षसम्म होटल र ट्राभल एजेन्सीमा काम गरेको अनुभव केसीसँग छ।

केसीले फोटो पत्रकारिता, चित्रकारिता र जागिरलाई सँगसँगै लगेका थिए। ट्राभलको काम सकेर बेलुका पाँच बजे थापाथलीमा रहेको कान्तिपुरको अफिसमा पुग्ने गर्थे। ट्राभल एजेन्सीमा काम गरेपनि केसीले अफिसभन्दा एयरपोर्टमा बढी बिताउँथे।

जापानीले सोलुखुम्बु स्याङ्बाेचेमा बनाएको होटलमा समेत केसीले काम गरेका थिए। अहिले तीन ठाउँमा व्यवसाय सञ्चालन गरिरहेका छन्। उनले कार्टुनमा 'फलानो' भन्ने पात्रलार्इ उतार्ने गरेका छन्।

जुन अहिले ब्राण्ड बन्दै गएकाे छ। त्यसैबाट फलानो कफी घर तथा टिसर्ट पनि उत्पादन गरेका छन्। फलानोले सम्पूर्ण आमनेपालीलाई जनाउने गरेको उनी बताउँछन्।

राजनीति नै मुख्य मुद्दा

नेपाल चित्रकलाका लागि उर्वर ठाउँ रुपमा रहेको केसी बताउँछन्। बिहानदेखि बेलुकासम्म हरेक क्षेत्र हेर्यो भने चित्र नै बन्ने उनको धारणा रहेको छ। हरेक मुद्दा अन्तिममा आएर राजनीतिमा नै ठोकिने गरेको केसीको ठहर छ।

‘राजनीतिक दलका हरेक नेता भोट माग्दा जनतालाई विभिन्न आश्वासन दिएर भोट लिने गर्छन्,’ उनले भने, ‘आश्वासन पूरा नगरेर आफ्नै स्वार्थमा हिँड्नेहरुलार्इ जिम्मेवारी बहन गराउन कार्टुनले घोची रहनुपर्छ।’

हरेक क्षेत्र राजनीतिसँग जोडिएकाले अन्तिममा कार्टुन पनि त्यस्तै बन्ने गरेको केसीको धारणा छ। नेपाल संक्रमणकालबाट गुज्रिरहेको भएपछि विस्तारै विकासतर्फ लम्किने आफूले देखेको उनी बताउँछन्।

‘आश्वासन पूरा नगरेर आफ्नै स्वार्थमा हिँड्नेहरुलार्इ जिम्मेवारी बहन गराउन कार्टुनले घोची रहनुपर्छ।’

‘पछिल्लो समय राजनीतिक उतारचढाव निकै देखिएकाे छ,' उनले भने, ‘गैरजिम्मेवार नेताका कारण जनताले दुख पाएका छन्, त्यसलाई कार्टुनमा बनाएर नागरिकलाई सचेत गर्नेतर्फ बढी केन्द्रित भएको छु।’

उनका अनुसार अखबारमा बढीभन्दा बढी राजनीतिक कार्टुन बनाइनुकाे कारण मुलुकको सम्पूर्ण शासनसत्ता राजनीतिक पार्टीको काँधमा रहेकाे र विकृति पनि त्यतिकै रहेकाे छ, त्यसैले कार्टुन नै खबरदारीकाे महत्वपूर्ण अस्त्र हाे।

अहिले मुलुक संक्रमणकालमा रहेकाले सामाजिक विषयवस्तुमा पनि कार्टुन बनाइने उनले बताएका छन्। तर, सामाजिक विषयवस्तु पनि कुनै न कुनै माध्यम हुँदै राजनीतिमा पुगेर जोडिने उनकाे धारणा छ।

'शासन गर्ने व्यक्ति, राजनीतिक दल वा प्रशासन सबै निकायका संलग्न व्यक्तिकाे टाउकोमा धेरै जिम्मेवारी रहेकाले यस्ता कार्टुन बढीभन्दा बढी बनाइन्छन्,' उनले भने, 'याे जिम्मेवारी बाेध गराउन खबरदारी गरिएकाे हाे।'

अखबारको संरचनाकै कुरा गर्ने हो भने पनि धेरैजसो समाचार राजनीतिक हुने उनी बताउँछन्। पहिलो पृष्ठ प्रायः राजनीतिक विषयवस्तुका समाचारले भरिन्छ। त्यसैले, राजनीतिक कार्टुन नै धेरै रुचाइने उनकाे अनुभव छ।

जिम्मेवार व्यक्तिले गरेको कमजोरी औंल्याएर व्यंग्य गरी कार्टुन बनाउँदा पाठकहरु आकर्षित हुने उनी बताउँछन्। व्यंगात्मक चित्र हेरेर मनोरञ्जन पनि लिन्छन्। 'कार्टुन हाँसीमजाक वा रमाइलो गर्ने माध्यम मात्रै चाहिँ होइन,' उनले भने, 'यसले त्रुटी गर्नेलाई, विकृति विसंगतिलाई कोट्याउँछ र त्यसका जिम्मेवारहरूलाई सचेत गराउँछ।'

भ्रष्टाचार न्यूनिकरणमा कार्टुन

कार्टुनले प्रत्यक्ष रुपमा केही गर्न सक्दैन। तर, अामनागरिकमा चेतनास्तरकाे बृद्धि गर्न मुद्दाकाे उठान गर्ने केसीकाे धारणा छ।

‘समाजमा कार्टुनले केही न केही प्रभाव पारेकै हुन्छ, चाहे त्यो प्रत्यक्ष होस् या अप्रत्यक्ष,’ उनले भने, 'नेपालमा शिक्षा अझै अगाडि बढ्न सकेको छैन, चित्र र शब्दले मान्छेलाई बढी बुझाउने र फलदायी हुने काम गर्छ।' एउटा फोटोले हजार शब्द बोल्छ भने जस्तै कार्टुनले त्योभन्दा बढी बोल्ने उनकाे धारणा छ।

‘कार्टुनमा आर्ट, पत्रकारिता अनिवार्य मिसिनुपर्छ,’ उनले भने, ‘त्यो चाहिँ व्यङ्ग्यात्मक गर्ने क्षमताको आवश्यक पर्छ।’ 

कार्टुनकाे संग्रह

प्रायजसाे कुनै पनि राजनीति दलका नेताकाे कार्टुन पत्रपत्रिकामा छापिएर आाएपछि कार्टुनको कटिङ राख्ने गरेको केसी बताउँछन्। प्रधानमन्त्रीले समेत आफ्नो कार्टुन प्रकाशित भएमा संग्रह गरे राख्छन् भन्ने सुनेको उनले बताए।

पछिल्लो पटक 'मेरो पनि कार्टुन बनाइदिनु पर्यो' भनेर आउने गरेको उनले जनाएका छन्। ‘कार्टुनमा आर्ट, पत्रकारिता अनिवार्य मिसिनुपर्छ,’ उनले भने, ‘त्यो चाहिँ व्यङ्ग्यात्मक गर्ने क्षमताको आवश्यक पर्छ।’ 

नामसँगै दाम पनि

‘मैले कान्तिपुरको डमीदेखि नै कार्टुन बनाउने जागिर खाएँ, मलाई लाग्छ जागिरकै रुपमा तलब पाउने गरी कार्टुन बनाउने मान्छे सायद म नै पहिलो हुँ?,' केसीले भने, ‘मैले काम थाल्दादेखि नै सम्पादकपछि सबैभन्दा बढी तलब म नै बुझ्थेँ।'

त्यो क्रम लगभग अहिलेपनि त्यस्तै छ। एउटा सफल कार्टुनिष्टका रुपमा राजेश केसीको नाम स्थापित भइसकेकै छ। केसीको एउटा चिन्ता छ, ‘नयाँ पुस्ताले पूरानाे पुस्तालाई च्यालेञ्ज दिन सकिरहेको छैन।

'हामी अब बुढो हुँदै गयौँ, खोर्इ त हामीपछिको पुस्ता कार्टुनमा?’ केसीले प्रश्नसँगै सुझाव पनि दिए, 'कार्टुन नाम र दाम दुवैले आकर्षक क्षेत्र हो।' इमान्दारिताका साथ निरन्तर मेहनत गर्नेका लागि कार्टुनिष्ट निकै राम्रो क्षेत्र हो।

‘आउनुहोस्, समाज सुधारका लक्ष्यका साथ गलत बाटोमा हिँडिरहेकालाई ट्रयाकमा हिँडाउन थोरै भएपनि योगदान गरौं,’ केसीले भने।

'नेताको कार्टुन कसरी बनाउने भन्ने प्रश्न आउने गर्छ, पहिला नेताको अनुहार, मुखको आकार, जुँगा, गाला, चिउँडो, कपाल, नाक जिउँडाल लगायत नै हो,' उनले भने, 'गिरिजाप्रसाद कोइरालाको नाक लामो भएकाले लामो नाकको आकार बनाउँदा उनीहरुलाई ठम्याउन सकिन्छ।'

नेताको आकृतिमा कार्टुन

राजनीतिक कार्टुन धेरै चल्ने भएकाले नेताको आकृति चित्रण महत्वपूर्ण पक्ष हो। कसको बनाउन लागेको हो, उसलाई ठ्याक्कै चिन्नसक्ने आकृति बनाउनुपर्ने केसीकाे धारणा छ।

'नेताको कार्टुन कसरी बनाउने भन्ने प्रश्न आउने गर्छ, पहिला नेताको अनुहार, मुखको आकार, जुँगा, गाला, चिउँडो, कपाल, नाक जिउँडाल लगायत नै हो,' उनले भने, 'गिरिजाप्रसाद कोइरालाको नाक लामो भएकाले लामो नाकको आकार बनाउँदा उनीहरुलाई ठम्याउन सकिन्छ।'

माधव नेपालको बनाउनुपर्यो भने उनको जुँगालाई आधार बनाइने उनले बताए। 'झलनाथ खनालको बनाउनु पर्यो भने उनका पुक्क-पुक्क गाला, सुशील कोइरालाले लाउने ठूलो फ्रेमको चश्मा र फुलेका दाह्री, प्रचण्डको बनाउनुपर्यो भने उनको पछाडि फर्काइने कपाल र बाक्ला जुँगा, बाबुराम भट्टराईको चिउँडो, जुँगा, मुख भित्र पसेको, शेरबहादुर देउवाको आँखीभुइँ ठूलो, चारपाटे फ्रेमको चश्मा र त्रिकोणात्मक आकारको ओठको आकृति ल्याइन्छ,' राजेशले भने।


 

More form the Internet

loading...