Suvadin, Home

मन्त्री अधिकारीलाई श्रीमती र छोराले दिए दागबत्ती

बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित सिस्नेभिरमा हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो। बिहिवार काठमाडौं शव ल्याएपछि शुक्रबार बिहान सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको थियो।
तस्विरः नागिरक दैनिक

काठमाडौं, १७ फागुन – हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको रामघाटस्थित दाह संस्कार गरिएको छ।

मन्त्री अधिकारीको राजकीय सम्‍मानका साथ गरिएको हो। मन्त्री अधिकारीलाई १९ वर्षीय जेठो छोरा विराज, स्वराज र श्रीमती विद्या भट्टराईले दागबत्ती दिए।

बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित सिस्नेभिरमा हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो। बिहिवार काठमाडौं शव ल्याएपछि शुक्रबार बिहान सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको थियो।
 


 

More form the Internet

loading...