Suvadin, Home

शुभदिन विशेष सम्पादकीय
४० मुनिका ४० नेताः समृद्धि नेपाल निर्माणको शंखघोष

शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरले ‘युवा देश’को अवधारणाअनुसार नै ‘४० मुनिका ४० नेता’को खोजी गरेको हो। सिर्जनशील युवाको जमातबाट एक–एक गरी सुक्ष्म अध्ययन, अनुसन्धान र विश्लेषण गरेर नै ४० वर्षमुनिका ४० नेताको छनौट गरिएको छ। शुभदिनले राजनीतिक दलका प्रभावशाली नेताहरु र सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वसँगको छलफलबाटै ४० युवा नेताको छनौट गरेको हो।
४० मुनिका ४० नेता। ग्राफिक्सः शुभदिन

काठमाडाैं, भदाै २१ - संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुनौलो भविश्य निर्माण गर्ने अभिभारा राष्ट्रका तमाम युवाहरुको हो। त्यसैले अबको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रको नेतृत्व युवाले नै गर्नुपर्छ।

हामी कस्तो राष्ट्र निर्माणको चिन्तन गर्दैछौं? हामी नेपाली समाजलाई कस्तो बनाउँदै छौं? यस्ता आमप्रश्नहरुको जवाफ दिन सक्ने युवाहरुलाई मुलुक निर्माणको नेतृत्व प्रदान गरेमात्रै नेपाल ‘युवा देश’ बन्न सक्छ। 

दक्षिण एशियाको सबैभन्दा धेरै सम्भावना बोकेको मुलुक हो, नेपाल। तर, हामी यस्तो परिवेशमा बाँचिरहेका छौँ, जुन कुरा स्वीकार्न र भन्न पनि लाज लाग्ने स्थिति छ। दक्षिण एशियामा दोस्राे गरीब मुलुकका रुपमा रहेको नेपाल अहिले बाढी–पहिरोको विपत्तिसँग जुधेर तंग्रिने प्रयासमा छ।

त्यही सप्तकोशी, गण्डकी र कर्णालीको भेलयुक्त पानी जस्तै धमिलो छ, नेपालको राजनीति। हरेक रातपछि मिरमिरे बिहानी आउँछ। कालो बादलको किनारामा चाँदीको घेरा हुन्छ।

हो, यही ‘चाँदीको घेरा’ पहिल्याउने अभियानमा शुभदिन मिडिया एण्ड रिसर्च सेन्टर जुटेको छ। रेफ्रीको भूमिकामा मध्यरेखामा बसेर हेर्दा नेपाली राजनीतिक खेलमा दुई कित्ता प्रष्ट देखिन्छ।

एकातर्फ केही गर्न नसक्ने र हामीले आशा मार्दा हुनेहरुको झुण्ड छ, अर्कोतिर मुलुकलाई समृद्ध बनाउन सक्ने साहस र जाँगर बोकेका युवाहरुको समूह छ। राजनीतिक क्षेत्रमा संलग्न भएर निरन्तर समाजको उन्नतिमा लागेका ४० वर्षमुनिका ४० नेताको खोजी हामीले गरिएका हाे। 

शुभदिनले छानेकाे ४० युवा नेताबाट कुनै किसिमकाे गलत कार्य नहुने, राजनीतिकाे खाेल अाेडेर समाजकाे अहित हुने काम नगर्ने, अग्रजसँग नडरार्इ मुलुक र जनताकाे हितका लागि काम गर्न, सत्यका लागि लड्ने, पार्टीकाे ह्वीपले गलत निर्णयलार्इ कार्यान्वयन गर्न लाचार नहुने, देखासेखीमा नलाग्ने र राष्ट्रप्रतिकाे मूल दायित्व पूरा गर्ने अपेक्षा गरेकाे छ।

त्यसैगरी, सबै एकजुट भएर देशका लागि समान एजेण्डा बनाएर अघि बढ्ने, सामान्य कुरामा समय बर्बाद नगर्ने, जनताका मुख्य मुद्दा, भ्रष्टाचार नियन्त्रण तथा राजनीतिक फाेहाेर हटाएर सभ्य समाज निर्माणकाे नेतृत्व याे युवा पुस्ताले गर्ने छ भन्ने शुभदिनकाे विश्वास छ।

शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरले ‘युवा देश’को अवधारणाअनुसार नै ‘४० मुनिका ४० नेता’को खोजी गरेको हो। सिर्जनशील युवाको जमातबाट एक–एक गरी सुक्ष्म अध्ययन, अनुसन्धान र विश्लेषण गरेर नै ४० वर्षमुनिका ४० नेताको छनौट गरिएको छ।

शुभदिन मिडियाले राजनीतिक दलका प्रभावशाली नेताहरु र सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वसँगको छलफलबाटै ४० युवा नेताको छनौट गरेको हो।

नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट मुलुकमा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक व्यवस्थालाई कार्यान्वयन गर्न उर्जावान युवाहरु नेतृत्वमा पुग्नुपर्छ।

र, यसका लागि दबाब सिर्जना गर्न पनि ४० वषमुनिका ४० जना नेतालाई आइडलका रुपमा ल्याइएको हो। अझै धेरै युवाहरुले नेपाली समाज रुपान्तरणका लागि काम गरिरहेका छन्। ती युवालाई पनि समेट्दै जाने शुभदिनको प्रतिवद्धता यही विशेष सम्पादकीयमार्फत जाहेर गर्न चाहान्छौं। 

शुभदिनले ४० वर्षमुनिका ४० जना नेताको छनौट गरेर युवा राजनीतिक अभियन्ताहरुलाई थप जिम्मेवारी दिन चाहेको हो। ‘४० मुनिका ४० नेता’हरुका कामको निरन्तर निगरानी गर्दै राष्ट्र निर्माणका लागि खबरदारी पनि शुभदिनले गरिरहने छ।

राजनीतिक संक्रमणलाई राष्ट्र निर्माणको अवसरमा बदल्नका लागि नै यो युवा टिमले  योगदान गर्न सक्नेमा शुभदिन मिडिया विश्वस्त छ। नेपालको पूर्वी सीमादेखि पश्चिमसम्म र हिमाल, पहाड, तराई, मधेशका सबै वर्ग, समुदायका युवाहरुलाई ‘४० मुनिका ४० नेता’मा समावेश गर्ने प्रयास पनि गरिएको छ।

हाम्रा पाठक, शुभचिन्तक र दिग्गजहरुको सुझावका आधारमा अझै परिष्कृत श्रृंखला दिएर शुभदिन डटकमार्फत आउने हाम्रो प्रयत्न जारी रहने छ। 

शुभदिन।

यी हुन्, ४० मुनिका ४० नेता

१, दशाैं लाख विद्यार्थीकी अगुवाकाे प्रेरक जीवनकथा

नवीना लामाः शाहीकालकी माेष्ट वाण्टेडदेखि अखिल अध्यक्षसम्म

 

२, विद्यार्थीसँगै जनताका सेवक, गुट र स्वार्थबाट टाढा

विपन्न विद्यार्थीका 'अभिभावक' नेवि संघ महामन्त्री कुन्दनराज काफ्ले!

 

३, संघर्षशील माओवादी योद्धाकाे जीवनकथा

सुदूरपश्चिमको समाज बदल्ने अभियानमा मञ्जु बम ठकुरी
 

४, युवा संघ नेपालका अध्यक्षको राजनीतिक यात्रा

राजिव पहारीः पोखराले जन्माएका पौरखी पुरुष
 

५, सितोरियो कराँँतेका ‘ब्ल्याक बेल्ट'काे राजनीतिक जीवन

अखिल महासचिव एेन महरः विद्यार्थी अान्दाेलनका क्रान्तिकारी याेद्धा
 

६, युवा संघकी केन्द्रीय नेतृको राष्ट्र निर्माण अवधारणा

हिमाल, पहाड, तराई–मधेश जोड्ने अभियानमा उर्मिला सुनुवार
 

७, नेवि संघ उपाध्यक्षः ९ वर्षकाे उमेरमा मात्रै विद्यालय भर्ना

गिरिजाबाबुको प्रेरणाले राजनीतिमा लागेकी उर्मिला थपलिया
 

८, नेतृत्वमा पुगेर राष्ट्र निर्माण गर्ने अनेरास्ववियु उपाध्यक्षकाे अठाेट

'झापा विद्राेह'ले प्रवाह गरेकाे चेतनाबाट प्रशिक्षित सुनिता बराल
 

९, भूमिगत हुँदा नै ‘कोचिला राज्य’को नेतृत्व

लाहुरे बन्ने सपना त्यागेर जनयुद्धमा लागेका रामकुमार राई

 

१०, विद्यावारिधिका विद्यार्थी गाउँकाे सेवामा सक्रिय

काठमाडौंसँग अधिकार माग्दै संघर्षरत चित्रकुमार लिम्बू
 

११, अधिवक्तादेखि विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यसम्म

सुशासन स्थापना अभियानमा होमिएका ओमप्रकाश अर्याल

 

१२, अार्थिक समृद्धि र विकास नयाँ शक्तिकी नेतृकाे लक्ष्य

तेह्र वर्षमै माओवादी जनयुद्धमा होमिएकी अरुणा रायमाझी

 

१३,नेपाल विद्यार्थी संघका कुशल संगठक तथा प्राज्ञिक नेता

दीपक भट्टरार्इकाे अठाेटः विद्यार्थीकाे अगुवार्इसँगै मुलुककाे नेतृत्व

 

१४, स्कूलदेखि नै संघर्षमा, अबकाे लक्ष्य अार्थिक विकास

पिएचडी गर्दा–गर्दै गाउँको सेवामा फर्किएकी मानुषी यमी भट्टराई

 

१५, विवेकशील साझा पार्टीकी २१ वर्षीया दृढ नेतृ

पुरातन राजनीतिकाे कोर्स नै बदल्ने अभियानमा रञ्जु दर्शना न्यौपाने

 

१६, काठमाडाैंमै सांघातिक अाक्रमणमा परेका नेवि संघका नेता

माअाेवादी ज्यादतीविरुद्ध बाेल्दा विस्थापित भएका वीरेन्द्र गिरी
 

१७, समतामूलक समाज निर्माण अभियानमा कांग्रेस युवा नेतृ

विपी कोइरालाको विचारलाई मार्गदर्शक सिद्धान्त मान्ने अनिता शर्मा

 

१८, अादिकवि भानुभक्तकाे पदचाप पछ्याउँदै नेवि संघकी नेतृ

लाखाैं विद्यार्थीकाे अधिकारका लागि लड्दैछिन् एलिजा ढकाल

 

१९, निरंकुशता विराेधी याेद्धाकाे समृद्ध राष्ट्र निर्माण अभियान

नयाँ पुस्तामा उर्जा भर्दै युवा संघ नेपालका महासचिव किरण पाैडेल

 

२०, विद्यार्थी नेता तथा दलित अान्दाेलनका अगुवाकाे संघर्ष

कक्षामा पहिलो हुँदा ज्यादती सहेका मोती विक महेन्द्र

 

२१, नेपाल विद्यार्थी संघका उपसभापतिकाे राजनीतिक यात्रा

विद्यार्थी उत्थानसँगै समृद्ध नेपाल निर्माण अभियानमा सागर परियार

 

२२, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि विकृति नियन्त्रणसम्म

विकास र समृद्धि अभियानमा जनयुद्धका कमाण्डर राजकाजी गुरुङ

 

२३, नेपाल विद्यार्थी संघका अगुवा तथा युवा नेताकाे लक्ष्य

'विदेश नै विकल्प' भन्ने मानसिकता बदल्न जुटेका लक्ष्मण रिजाल

 

२४, श्रीमान् र परिवारका पाँच सदस्य गुमाएकी माअाेवादी नेतृ

शाेकलार्इ शक्तिमा बदलेर डेढ कराेड महिलाका लागि लड्दैछिन् हरिमाया शर्मा

 

२५, जनताप्रति उत्तरदायी विवेकशील साझाका नेताकाे जीवनगाथा

डाक्टर बन्ने सपना त्यागेर समाज बदल्न राजनीतिमा लागेका पुकार बम

 

२६, अधिकारका लागि जनयुद्ध लडेकी एक याेद्धाकाे प्रेरक कथा

लोपोन्मुख समुदायकी एक्ली केन्द्रीय नेता बन्दना झाँगड अनिशा

 

२७, नेकपा माअाेवादी केन्द्रकी केन्द्रीय नेतृकाे संघर्षकाे कथा

जातीय उत्पीडन अन्त्य गर्नकै लागि भूमिगत भएकी उमिता विश्वकर्मा

 

२८, सिन्धुपाल्चाेककाे विकासमा सक्रिय कांग्रेस युवा नेतृ

भूकम्पबाट क्षतविक्षत भएकाे गाउँघर उठाउने प्रयत्नमा लक्ष्मी पाैडेल
 

२९, नेपाल विद्यार्थी संघका उपाध्यक्षको राजनीतिक अध्याय

समृद्ध राष्ट्र निर्माणकाे महान उद्देश्य बाेकेका सञ्जयकुमार यादव

 

३०, विवेकशील साझा पार्टीका एक संयोजकको संघर्ष

आदर्श राजनीतिका प्रवर्तक उज्वल थापा भन्छन्, 'पाेजिटिभ भाइरस'ले बन्छ देश

 

३१, नेकपा एमालेकी कान्छी केन्द्रीय सदस्यको जीवनकथा

सानै उमेरमा राष्ट्रिय राजनीतिमा स्थापित हुँदैछिन् रचना खड्का

 

३२, नेपाल तरुण दलका महामन्त्रीको राजनीतिक यात्रा

‘सुन्दर कालिकोट, समृद्ध कालिकोट’ निर्माण अभियन्ता भुपेन्द्रजंग शाही

 

३३, नेवि संघका नेतादेखि राजपा नेपालका सहमहामन्त्रीसम्म

समृद्ध राष्ट्र निर्माणको लक्ष्य बोकेका मधेश आन्दोलनका योद्धा सुरेन्द्रकुमार झा

 

३४, राजपा नेपालकी वरिष्ठ उपाध्यक्षको संघर्ष

मधेशकाे विकाससँगै नेपाल राष्ट्रकाे समृद्धिमा जुट्ने रानी शर्मा तिवारीकाे अठाेट

 

३५, राप्रपा प्रजातान्त्रिकका युवा नेताकाे विकास अवधारणा

विदेशकाे शिक्षा र शीपलार्इ नेपालमा प्रयाेग गर्दैछन् विराजबहादुर बिष्ट

 

३६, विवेकशील साझा पार्टीका केन्द्रीय नेता विकास अवधारणा

पाइलट बन्ने सपना त्यागेका गाेविन्द नारायणका पाइला राष्ट्र निर्माणतर्फ

 

३७, नेकपा माओवादी केन्द्रकी नेतृको प्रेरक संघर्ष

संविधान निर्माणमा योगदान दिने जनसेनाकी कमाण्डर अञ्जना चौधरी

 

३८, सभ्य समाज निर्माण गर्न स्वच्छ विचार बोकेका युवा नेता

राजनीतिक दलका नेता–कार्यकर्ताले विपश्यना ध्यान गर्नैपर्छः ज्योतिकिरण रिजाल

 

३९, संघीय समाजवादी महिला फाेरम अध्यक्षकाे कर्मकथा

दाइजाेका नाममा महिलामाथि हुने विभेद अन्त्य गर्न संघर्षरत निर्मला यादव

 

४०, जनयुद्धमै काराबास भाेगेकाे माओवादी युवा नेता

संघर्षबाटै इतिहास निर्माण गरेका अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ


 

More form the Internet

loading...