Suvadin, Home

फर्कने मिति नभनी अमेरिकातर्फ लागे प्रचण्ड   

काठमाडौं,चैत्र ३ - पत्नी सीता दाहालको उपचारका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन् ।  प्रचण्डको निजी सचिवालयकाअनुसार पत्नी सीता र छोरी ज्वाईं गंगा र जीवन आचार्यका साथमा उनी अमेरिका गएका हुन् । दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन् । सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छन् । 

छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप कमजोर भएकी छन् ।  गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए । रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए ।  प्रचण्डलाई बिदा गर्न नेकपा नेता सुवासचन्द्र नेम्वाङलगायत नेता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए । प्रचण्ड फर्किने मिति भने तय भएको छैन ।


 

More form the Internet

loading...