Suvadin, Home

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रियसभामा पेश हुँदै

बिहान ११ बजे बस्ने बैठकमा उक्त विधेयकलाई कार्यसूचीको पहिलो नम्वरमै राखिएको छ। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५ टेबुल गर्ने संसद सचिवालयले जनाएको छ।

काठमाडौं,१४ माघ- प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद पनि बहुमत सदस्यबाट प्रतिनिधिसभाaबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रियसभामा पेश हुदैंछ।

बिहान ११ बजे बस्ने बैठकमा उक्त विधेयकलाई कार्यसूचीको पहिलो नम्वरमै राखिएको छ। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५ टेबुल गर्ने संसद सचिवालयले जनाएको छ।

सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका दुई अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद् अवरुद्ध गर्दै आएको छ। आजको राष्ट्रियसभा बैठकमा पनि अवरोध गर्ने कांग्रेसले तयारी गरेको छ।

प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रियसभाले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै कार्यान्वयनमा आउने व्यवस्था छ। बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले ‘जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावमाथि सामान्य छलफल हुने कार्यसूची रहेको छ।

 यस्तै, अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, ‘भुक्तानी तथा फस्र्यौट विधेयक, २०७५ र ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।  


 

More form the Internet

loading...