Suvadin, Home

सांसदको तलब–भत्ता वृद्धिविरुद्ध विद्यार्थी संगठन सडकमा उत्रिने 

 

काठमाडौ मङ्सिर ७

सांसदहरुको तलब–भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् । अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा आज बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकमा नेविसङ्घ, ओरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी सहित विभिन्न १४ विद्यार्थी संगठनका प्रतिनिधिहरुको उपस्थिति थियो । 
बैठकको निर्णयअनुसार बुधबार दिउँसा ४ बजे माइतीघरस्थित शान्तिबाटिकामा विरोध कार्यक्रम हुनेछ । त्यस्तै संसद्ले गरेको निर्णय फिर्ता गराउनका लागि  सभामुखलाई ज्ञापनपत्र बुझाउने वताइएको छ ।  

नेविसङ्घका अध्यक्ष नैनसिंह महरले देशमा अनगिन्ती समस्याको सम्वोधन गर्ने वेला सांसदहरुले आपनै तलब बढाएर जनाताको अगाडि लाजमर्दो काम सांसद्ले गरेको टिप्पणी गरे । अनेरास्ववियुका सचिव आरसी लामिछानेले संसद्ले यो निर्णयमा पुनःविचार नगरेसम्म विरोधका कार्यक्रम जारी रहने बताए । त्यसैगरी, अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले आफ्नो तलब सुविधा आफैंले बढाउनु नैतिकतहीन काम भएको टिप्पणी गरे । 

‘सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पारित गरेको थियो । अब सांसदले गत साउन महिनादेखि लागू हुने गरी मासिक रु १ लाख भन्दा बढी तलब भत्ता बुझ्नेछन् । 


 

More form the Internet

loading...