Suvadin, Home

पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्ने प्रधानमन्त्री दाहालको चेतावनी 

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान, गणतन्त्र र संघीयताविरुद्ध बोल्दै गए उनलाई कारबाही गर्ने चेतावनी दिएका छन्। दाहालले ज्ञानेन्द्रको ‘चुरीफुरी’ बढ्दै गए दरबार हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने चेतावनी दिए। 
पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहाल।

नारायण खड्कादाङ, पुस ९


प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान, गणतन्त्र र संघीयताविरुद्ध बोल्दै गए उनलाई कारबाही गर्ने चेतावनी दिएका छन्। दाहालले ज्ञानेन्द्रको ‘चुरीफुरी’ बढ्दै गए दरबार हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने चेतावनी दिए। 

उनले भने, ‘मैले सुरूमा प्रधानमन्त्री हुने बेला नै दरबार हत्याकाण्डको छानबिन हुनुपर्छ भनेको हुँ, नारायणहिटी सर्वसाधारणका लागि खुल्ला गर्ने क्रममा भनको थिएँ, त्यही अनुसार सरकारले यो हत्याकाण्डको पनि उच्चस्तरीय आयोग बनाएर छानबिन गर्छ।’

दाहालले पूर्वराजा ज्ञानेन्द्रले हालै जारी गरेको विज्ञप्तिलाई ‘छटपटाहट’को संज्ञा दिए। नेकपा माओवादी केन्द्रको प्रदेश नं. ५ स्तरीय भेलालाई शानिबार घोराहीमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले जति छट्पटाए पनि अब गणतन्त्र कसैले खोस्न नसक्ने बताए।

प्रशिक्षण कार्यक्रममा सहभागी एक जिल्ला नेताका अनुसार दाहालले पूर्वराजा ज्ञानेन्द्रले वक्तव्य निकालेर आफ्नो छटपटी प्रष्ट रुपमा देखाएको उल्लेख गरे। प्रधानमन्त्रीले पूर्वराजाले दलहरूको विवादमा खेलेर धमिलो पानीमा माछा मार्न खोजेकाले सजग रहन आग्रह पनि गरेको ती नेताले बताए।

रकारका एक जना मन्त्रीले दरबार हत्याकाण्डको विषयमा छानबिन गर्नुपर्ने भनेर चर्चा गरेको भए पनि मन्त्रिपरिषदमा दरबार हत्याकाण्डको छानबिन गर्ने प्रस्ताव नआएको उल्लेख गरेका थिए। ‘पूर्वराजाको वक्तव्य आएपछि हामीले मन्त्रिपरिषदमा राजनीतिक घटनाक्रमको समीक्षा गर्ने क्रममा सरकारको एक जना मन्त्रीले त्यो कुराको चर्चा गरेका हुन्, छानबिन गर्ने भनेर प्रस्ताव ल्याएका होइनन्,’ दाहालले भने।  

प्रशिक्षण कार्यक्रममा सहभागी एक जिल्ला नेताका अनुसार दाहालले पूर्वराजा ज्ञानेन्द्रले वक्तव्य निकालेर आफ्नो छटपटी प्रष्ट रुपमा देखाएको उल्लेख गरे। प्रधानमन्त्रीले पूर्वराजाले दलहरूको विवादमा खेलेर धमिलो पानीमा माछा मार्न खोजेकाले सजग रहन आग्रह पनि गरेको ती नेताले बताए।

त्यस्तै, प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतभित्रै अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई मोसो दल्नु राम्रो कार्य नभएको बताएका थिए। ‘सर्वाैच्चभित्र नै लोकमानसिंह कार्कीमाथि जुन घटना भयो, त्यो राम्रो कुरा होइन, यसो गर्नु हँुदैनथ्यो,’ उनले भने, ‘यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ, अदालतभित्रको सुरक्षा अवस्थामा कमजोरी देखिएको छ।’

उनले संविधान संसोधनलाई लिएर प्रतिपक्ष दलहरुले आन्दोलन गर्नुको कुनै अर्थ नरहेको बताए। संसदीय पद्धतिबाट नै निकास निकाल्न सरकार तयार रहेको बताए। प्रजातन्त्रका कुरा गर्ने कांग्रेस र एमालेले सदनवाटै निकास निकाल्नुपर्ने भन्दै उनले आइतबारदेखि संसद खुलाउन आफू राजधानी गएर प्रतिपक्षी दलहरुसँग छलफल, वार्ता संवाद गर्ने जानकारी पनि दिए।


 

More form the Internet

loading...