Suvadin, Home

Cover Image

दिल्लीमा आमआदमीको 'क्लिन स्वीप', फेरि पाँच वर्ष केजरिवाल सरकार

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीका लागि भएको विधान सभामा आमआदमी पार्टीले क्लिन स्वीप गरेको छ । आमआदमीले ६२ सिटमा विजयी हात पारेको हो । त्यसेगरी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) ले आठ सिटमा चित्त बुझाएको छ भने प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस शून्यमा छ । 

७० सिटका लागि शनिबार भएको निर्वाचनमा फेरि पनि पूर्वमुख्यमन्त्री अरबिन्द केजरिवालको आमआदमी पार्टीले बाजी मारेको हो । 

केजरिवालले मोदी नेतृत्वका पछिल्ला कदमहरु नागरिकता संशोधन कानुन र राष्ट्रिय पञ्‍जिकरणको खुलेर विरोध गरेका थिए । तर, बीजेपी भने केजरिवाललाई आतंकवादीको संज्ञा दिएको थियो । 

बीजेपीले जति प्रोपागान्डा फैलाए पनि केजरिवाल नेतृत्वको आमआदमी पार्टीले सन् २०१५ को नतिजालाई करिब दोहोर्‍याएका छन् । सन् २०१५ मा आमआदमी पार्टीले ६७ र बीजेपीले ३ सिटमा जिता हात पारेको थियो । 

दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरिवाल फेरि मुख्यमन्त्री बन्‍ने पक्का भएका छन् । उनले मंगलबार जित हात पारेसँगै हनुमान मन्दिर पुगेर दर्शन गरेका थिए । 

केजरिवाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस नेता राहुल गान्धीलगायतका नेताहरुले बधाई दिएका छन् । 

शनिबार भएको मतदानमा ६२ दशमलव ५९ प्रतिशत मत खसेको थियो । तर, सन् २०१५ को दिल्ली विधानसभामा भने ६७ दशमलव ५ प्रतिशत मत खसेको थियो । 

दिल्ली कांग्रेस प्रमुखले दिए राजीनामा 

दिल्लीमा फेरि कांग्रेसको फेरि शून्य दोहोरिएपछि दिल्ली पार्टी प्रमुख सुबास चोप्राले राजीनामा दिएका छन् । 

उनले हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् । यसअघिको सन् २०१५ मो विधानसभा निर्वाचनमा पनि कांग्रेसले कुनै सिट जित्न सकेको थिएन । 

सन् २०१५ मा कांग्रेसले ९ दशमलव ७ प्रतिशत मत ल्याएको थियो भने यसपटक उक्त मत घटेर ४ दशमलव २७ प्रतिशत मत पाएको छ । 

पदबाट राजीनामा दिएपछि पार्टी प्रमुख चोप्राले भने, "पार्टीको पराजयको नैतिक जिम्मेवार लिँदै पदबाट राजीनामा दिएको हुँ ।" 

विगतमा १५ वर्ष दिल्लीमा शासनको गरेको मुलुकको पुरानो पार्टीका ६३ सांसद उमेदवारको धरौटीसमेत जफत भएको छ । 


 

More form the Internet

loading...