Suvadin, Home

आजको संसदमा कार्की माथिको महाअभियोग प्रस्ताव माथि छलफल हुने 


काठमाडौँ मंसिर १४ ।

व्यवस्थापिका संसद्को वैठक आज बस्दै छ । आज १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान कार्की विरुद्ध परेको महाअभियोग प्रस्ताव माथि छलफल हुने कार्यसूची छ । कार्की माथि ३ कार्तिकमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका १५७ सांसद््ले संसद््मा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । 

अहिलेसम्म ५४ जना सांसद्ले कार्कीको महाअभियोग प्रस्तावको पक्षमा सदनमा बोलिसकेका छन् । महाअभियोग प्रस्ताव माथिको छलफल बाहेक आज संसद्मा पेश गर्ने कुनै विषय नरहेको संसद् सचिवालयले जनाएको छ ।
 


 

More form the Internet

loading...