Suvadin, Home

अफगानिस्तानमा सैन्य कारबाहीमा २३ जना विद्रोही मारिए

तालिवान लडाकूहरुको अखडा मानिने सुर्दोङमा बुधबार राती सुरक्षाकर्मीहरूले विषेश सुरक्षा कारबाही चलाएका थिए। त्यस क्रममा २३ जना लडाकूहरु मारिएका छन्। १४ जनामा पक्राउ परेका छन्, प्रान्तीय सरकारले निकालेको विज्ञप्तिमा उल्लेख छ।
फाइल तस्वीर।

अफगानिस्तान, २७ पुस – अफगानिस्तानको नानगाहार प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ जना विद्रोही मारिएका छन्। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार भिडन्तका क्रममा सुरक्षाकर्मीहरुले अन्य १४ जनालाई पक्राउ गरेको प्रान्तीय सरकारले बिहीबार जानकारी दिएको हाे। 

तालिवान लडाकूहरुको अखडा मानिने सुर्दोङमा बुधबार राति सुरक्षाकर्मीहरूले विशेष सुरक्षा कारबाही चलाएका थिए। त्यस क्रममा २३ जना लडाकूहरु मारिएका छन्। १४ जनामा पक्राउ परेका छन्, प्रान्तीय सरकारले निकालेको विज्ञप्तिमा उल्लेख छ। 

मारिएकामध्ये क्वारी इदयतुल्लाह, खालिद, क्वारी खालिद र इस्माइल गरी चार जना विभागीय कमाण्डर रहेका छन्। सुरक्षाकर्मीहरुले तीन वटा ठूला सवारी साधन, चार वटा मोटरसाइकल, केही विस्फोटक पदार्थ र हातहतियारहरु नियन्त्रणमा लिएको छ।


 

More form the Internet

loading...