Suvadin, Home
Citizen Bank 392.8k
Bridge Water

अफगानी सेनाकाे हवार्इ कारबाहीमा ४३ तालिवानी लडाकूको मृत्यु

तालिवान लडाकूले अफगानी सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण शुरु गरेपछि अफगानी राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध प्रान्तको नेस जिल्लामा आक्रमण शुरु गरेको सैनिक जनरल अब्दुल राजिकले सिन्ह्वा न्यूज एजेन्सीलाई बताएका छन्। सेनाले हवाई आक्रमण शुरु गरेपछि कैयौँ तालिवानी लडाकू घटनास्थलबाट भागेका सेनाले बताएको छ।
फाइल तस्वीर

कान्दाहार, फागुन १ – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गरेको हवाई आक्रमणमा ४३ तालिवानी लडाकूको मृत्यु भएको छ। घटनामा कम्तिमा २० जना अन्य लडाकू घाइते भएका प्रान्तीय प्रहरी प्रमुखले मङ्गलबार बताएका छन्।

तालिवान लडाकूले अफगानी सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण शुरु गरेपछि अफगानी राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध प्रान्तको नेस जिल्लामा आक्रमण शुरु गरेको सैनिक जनरल अब्दुल राजिकले सिन्ह्वा न्यूज एजेन्सीलाई बताएका छन्। 

सेनाले हवाई आक्रमण शुरु गरेपछि कैयौँ तालिवानी लडाकू घटनास्थलबाट भागेका सेनाले बताएको छ। घटनास्थलबाट तालिवान समूहले प्रयोग गर्दै आएका कैयौँ गाडी तथा वन्दोवस्तीका सामान तथा ठूलो पैमानामा विस्पोटक पदार्थ नियन्त्रणमा लिई नस्ट गरेको प्रहरीले बताएको छ। 

सेनाले दिएको जानकारी अनुसार विद्रोहीसँगको झडपमा सेना, प्रहरी तथा अन्य सरकारी अधिकारी कसैलाई पनि असर परेको छैन। तालिवानी समूहबाट घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन।