Suvadin, Home

मेरा विरुद्ध भइरहेको प्रदर्शन स्वभाविक हो : सभामुख सापकोटा  

सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो विरुद्ध भइरहेको विरोध प्रदर्शनलाई स्वभाविक रुपमा लिएको बताएका छन् ।

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो विरुद्ध भइरहेको विरोध प्रदर्शनलाई स्वभाविक रुपमा लिएको बताएका छन् । 

सपथग्रहणपछि पत्रकारहरुसँगको कुराकानीमा सभामुख सापकोटाले उक्त कुरा बताएका हुन् । उनले भने, ‘मेरो विरुद्धमा सडकमा भइरहेको प्रदर्शनलाई स्वभाविक रुपमा लिएको छु । लोकतान्त्रिक प्रकृयामा विरोध र समर्थन हुनु स्वभाविक हो ।’

सापकोटा सभामुखमा निर्वाचित भएसँगै मानवअधिकारवादीहरुले विरोध जनाइरहेका छन् । सोमबार मात्रै सभामुख सापकोटा विरुद्ध प्रदर्शनमा उत्रेका एक दर्जन मानवअधिकारवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

सापकोटाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने विषयमा सबै सांसदहरुको धारणा समेटेर अगाडी बढ्ने बताए । एमसीसीका विषयमा बाहिर बहस चलिरहे पनि आफूले अध्ययन गर्नै बाँकी रहेको र अध्ययनपछि मात्रै केही भन्न सक्ने अवस्था हुने उनले बताए ।


 


 

More form the Internet

loading...