Suvadin, Home

भारतीय वरिष्ठ राजनीतिक विश्लेषकले भने,
‘विपी कोइराला महान् राजनीतिक हस्ती, दक्षिण एशियाकै नेता’

भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले कुनै बेला विपी कोइरालाप्रति दिएको अभिव्यक्ति सम्झदै सिंहले विपीको पूर्ण रुप विश्वेश्वरप्रसाद मात्रै नभएर ‘बडा प्रयास’ पनि भएको बताए। उनले नेपालको वर्तमान राजनीतिक समयमा पनि नेपाललाई सही दिशा दिन त्यस प्रकारको ‘बडा प्रयास’ अवलम्बन गर्नुपर्ने बताएका छन्।
भारतीय वरिष्ठ राजनीतिक विश्लेषक सिंह।

इन्द्रकमल जैरु, नयाँ दिल्ली, ८ साउन – भारतका वरिष्ठ राजनीतिक विश्लेषक एवं नेपाल मामिलाका जानकार अजीत सिंहले सन् १८८० को दशकमा वैश्विक रुपमा भएको राजनीतिक परिवर्तनपछि विपी कोइराला महान् राजनीतिक हस्ती भएको बताएका छन्।

सिंहले ३६औं विपी स्मृति दिवसका अवसरमा अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानले भारतको राजधानी दिल्लीमा आयोजना गरेको विपीको सन्दर्भ तथा आजको युवा राजनीतिको विषयमा संवाद कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै यस्तो बताएका हुन्।

सिंहले सन् १८८० देखि १८८९ को दशकमा विश्वका विभिन्न देशमा चल्दै आएको पूरानो राजनीतिक परम्परा परिवर्तन भएर नयाँ राजनीतिक परम्पराको शुरुवात भई आर्थिक विकासले गति लिएको बताएका छन्। त्यसै दौरान सोभियत संघमा कार्ल मार्क्स चीनमा डेन र नेपालमा विपी कोइराला महान् हस्ती भएको बताएका छन्।

भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले कुनै बेला विपी कोइरालाप्रति दिएको अभिव्यक्ति सम्झदै सिंहले विपीको पूर्ण रुप विश्वेश्वरप्रसाद मात्रै नभएर ‘बडा प्रयास’ पनि भएको बताए। उनले नेपालको वर्तमान राजनीतिक समयमा पनि नेपाललाई सही दिशा दिन त्यस प्रकारको ‘बडा प्रयास’ अवलम्बन गर्नुपर्ने बताएका छन्।

विपीको चर्चा गर्दै उनले राष्ट्रको विषयमा कुनै पनि वाद राष्ट्रवादभन्दा माथि नहुने बताएका छन्। यदि कुनै वाद राष्ट्रवादमाथि हावी भयो भने त्यस्तो वाद त्याग्नु पर्ने बताएका छन्।

कार्यक्रममा बोल्दै विपी चिन्तन प्रतिष्ठानका संस्थापक अध्यक्ष सन्दीप रानाले विपी कोइराला नेपालको मात्रै नभएर समाजवादको नाममा समग्र दक्षिण एशियाकै नेता भएको स्मरण गरेका छन्। उनले विपीले नेपालको प्रजातान्त्रिक स्थापनाका लागि मात्र नभएर भारतको स्वतन्त्रताका लागि पनि योगदान दिएको चर्चा गरेका छन्।

कार्यक्रममा विभिन्न संगठनका प्रतिनिधिले युवा राजनीतिको बारेमा छलफल गरेका थिए। प्रतिष्ठानका संस्थापक अध्यक्ष सन्दीप रानाले अध्यक्षता गरेको कार्यक्रममा भारतका वरिष्ठ राजनीतिक विश्लेषक एवं नेपाल मामिलाका जानकार अजीत सिंह प्रमुख वक्ताका रुपमा उपस्थित रहेका थिए।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति, तरुण दल उत्तर भारत, नेवि संघ भारत, सिए नेवि संघ, हातेमालो नेपाली स्टुडेन्ट्स ग्रुप, युनाइटेड मधेशी नेपालका प्रतिनिधि उपस्थित रहेका थिए।
अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानले यसअघि पनि कयौं पटक बौद्धिक कार्यक्रम गर्दै आएको छ।


 

More form the Internet

loading...