Suvadin, Home

नेत्रविक्रम चन्दको घरमा पक्राउ पुर्जी टाँसियो

विप्लवलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दाको कसूरमा गिरफ्तार गर्न भनिएको छ। पत्रमा ७ दिनभित्र पक्राउ गर्न नसकिए वारेण्ट बदर नभएसम्म खोजतलास गरी पक्राउ गर्न भनिएको छ।

काठमाडाैं, फागुन १६ – माअाेवादी केन्द्रबाट रामबहादुर थापा बादल गृहमन्त्री बनेकाे २ दिनपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवको नाममा वारेन्ट पुर्जी जारी गरिएकाे छ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले माघ ५ गते वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्र काटेर पक्राउ गर्न भनेको छ।

विप्लवलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दाको कसूरमा गिरफ्तार गर्न भनिएको छ। पत्रमा ७ दिनभित्र पक्राउ गर्न नसकिए वारेण्ट बदर नभएसम्म खोजतलास गरी पक्राउ गर्न भनिएको छ।

माअाेवादी केन्द्रबाट रामबहादुर थापा गृहमन्त्री भएको २ दिनपछि पुर्जी टाँस गरिएकाले उक्त कार्यलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ। उक्त पुर्जीसँगै टाँसिएको अर्को पत्रमा महासचिव विप्लवको अंश रोक्का गरिने उल्लेख गरिएको छ।


 

More form the Internet

loading...