Suvadin, Home

सरकारविरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेस आजदेखि सडकमा

बिहीबार सुरु भएको पार्टी केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि पुनः बस्दै छ। बैठकमा आन्तरिक विषयका अतिरिक्त सरकारविरुद्ध कसरी उत्रने भन्नेबारे छलफल हुने कांग्रेसले जनाएको छ।

काठमाडौं,१३ माघ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैलीको विरोधमा आइतबारदेखि प्रदर्शन सुरु गर्ने भएको छ। तरुण दल, महिला संघ र नेविसंघले आइतबार राजधानीमा संयुक्त विरोध जुलुस निकाल्ने तयारी गरेको हो।

बिहीबार सुरु भएको पार्टी केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि पुनः बस्दै छ। बैठकमा आन्तरिक विषयका अतिरिक्त सरकारविरुद्ध कसरी उत्रने भन्नेबारे छलफल हुने कांग्रेसले जनाएको छ।

प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठक बोलाएर विभिन्न आयोगमा प्रमुख नियुक्ति गरिएको, संसद्मा प्रतिपक्षले वेल घेराउ गर्दासमेत सभामुखबाट संसद्को कारबाही अघि बढाइएको, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघबाट हटाइएको घटनाले सरकार प्रतिपक्षलाई निषेध गरेर अघि बढ्न खोजेको कांग्रेसको निष्कर्ष छ।

सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति समेत कांग्रेस आक्रामक छ। बेल घेराउका बीच महराले शुक्रबार संसदीय कारबाही सुरु गरेकोमा कांग्रेस आक्रोशित बनेको हो।

तनहुँमा स्थापित गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ मातहतबाट हटाउने निर्णय नसच्याए संसद्मा अवरोध जारी राख्ने कांग्रेसको निष्कर्ष छ। 


 

More form the Internet

loading...