Suvadin, Home

राष्ट्रिय सरकारको पक्षमा नयाँ शक्ति

पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाएर मुलुकलाई निकास दिन सकिने प्रस्ताव अघि सारेका हुन्। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सोमबार सञ्चारकर्मीमाझ कुरा गर्दै उनले राष्ट्रिय सरकार बनाउने बाटोमा प्रमुख तीन दल अग्रसर हुनुपर्ने खाँचो पनि आंैल्याए।
बाबुराम भट्टराई।

काठमाडौं, पुस १८ (शुभदिन)


नयाँ शक्ति पार्टी नेपालले मुलुकलाई निकास दिन राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ।

पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाएर मुलुकलाई निकास दिन सकिने प्रस्ताव अघि सारेका हुन्। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सोमबार सञ्चारकर्मीमाझ कुरा गर्दै उनले राष्ट्रिय सरकार बनाउने बाटोमा प्रमुख तीन दल अग्रसर हुनुपर्ने खाँचो पनि आंैल्याए।

संयोजक भट्टराईले ठूला तीन दलबीच सत्तामा हानाथाप हुँदा मुलुक जटिल मोडमा पुगेको आरोप समेत लगाए।

नयाँ शक्ति पार्टी नेपालले सहमतिबाटै मुलुकलाई निकास दिनुको विकल्प नरहेको पनि स्पष्ट पारेको छ। संयोजक भट्टराईले सबै समुदायको भावनालाई सम्बोधन हुनेगरी सहमतिमा संविधान संशोधन गराएर अघि बढ्नुपर्ने धारणा राखेका हुन्। उनले संविधानमा सबैको स्वामित्व स्थापित गराउन पनि वार्तामार्फत समस्या समाधान गर्न दलहरु केन्द्रित हुनुपर्ने आवश्यकता पनि आैंल्याए।

संयोजक भट्टराईले कांग्रेस, एमाले, माओवादी केन्द्र पुरानै संरचना अनुसार अघि बढन खोलेकाले पनि मुलुक अघि बढन नसकेको जिकीर गरे।

 


 

More form the Internet

loading...