Suvadin, Home

एमाले, कांग्रेस र माअाेवादीबाट मुलुककाे उन्नति हुँदैनः डा. भट्टरार्इ

नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्न सक्ने भट्टरार्इकाे धारणा छ।  बुद्ध जन्मस्थल लुम्बिनीमा बुधबारदेखि शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकमा भट्टरार्इले मुलुकको विकास र समृद्धिका लागि नयाँ सोच र परिवर्तनलाई आत्मसात गर्ने दलको खाँचो रहेकाे उल्लेख गरेका छन्।
डा. बाबुराम भट्टरार्इ।

लुम्बिनी, फागुन ९ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताएका छन्। 'एमाले, कांग्रेस र माअाेवादीबाट मुलुककाे उन्नति हुँदैन,' उनले भने।

नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्न सक्ने भट्टरार्इकाे धारणा छ।  बुद्ध जन्मस्थल लुम्बिनीमा बुधबारदेखि शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकमा भट्टरार्इले मुलुकको विकास र समृद्धिका लागि नयाँ सोच र परिवर्तनलाई आत्मसात गर्ने दलको खाँचो रहेकाे बताएका छन्।

पूर्वप्रधानमन्त्री भट्टराईले भर्खरै सम्पन्न चुनावमा पुराना राजनीतिक शक्तिले जीत हासिल गरे पनि त्यसले देशलाई निकाश दिन नसक्ने उल्लेख गर्र्दै केही वर्ष सत्तामा हालीमुहाली गरे पनि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीले मुलुकलाई दुर्घटनामा पार्ने खतरा रहेको आरोप लगाएका छन्। 

'मैले देखिरहेको छु, यी दलले मुलुकलाई पार लगाउँदैन, यी दुबै पार्टीले गर्न नसक्ने काम हामीले गरेर देखाउछौं, सही विचार लिने कहिलेकाहीँ एक्लैपर्छ, गौतमबुद्ध पनि छ जनाको टोली बनाएर ध्यानमा बसेका थिए, पाँच जनाले छाडेपछि उनी एक्लै भए, आफ्ना पिता राजाले नौ पटक बोलाउँदा पनि उनी गएनन्, बरु दूतलाई नै आफ्नो विचारमा सहमत गराए,' संयाेजक भट्टराइले भने, 'पुराना शक्तिबाट हामीलाई पनि नबोलाइएको होइन तर हामी लोभमा फस्दैनाैं।' 

फागुन १२ गतेसम्म चल्ने परिषद बैठकले पार्टीको भावी रणनीति तथा कार्यक्रम तय गर्ने सो पार्टीका प्रदेश नं ५ का संयोजक दानबहादुर चौधरीले बताएका छन्। 

नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले स्टेजमा राखिएको बोधि वृक्षमा जल सिंचित गरेर संघीय परिषद्को चौथो बिस्तारित बैठक उद्घाटन गरेका थिए। 

उक्त अवसरमा भट्टरार्इले भगवान् बुद्धले जसरी लुम्बिनीबाट विश्वमाझ शान्तिको सन्देश छरेको उल्लेख गर्दै यहीबाटै नयाँ विचार स्थापित गरी देशलाई सही निकास दिने उद्घाेष गरेका छन्।


 

More form the Internet

loading...