Suvadin, Home

Cover Image

रेडियो नेपालमा बोलेका कुराको जिम्मा म लिन्छु : डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालको अन्तर्वार्तामा बोलेको विचारको जिम्मा आफूले लिने बताएका छन् ।

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालको अन्तर्वार्तामा बोलेको विचारको जिम्मा आफूले लिने बताएका छन् । रेडियोमा बोलेका कुराको जिम्मा आफूले लिने बताउँदै उनले कर्मचारीलाई धम्क्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

डा. भट्टराईले ट्वीट गरेर कर्मचारी धम्काउने काम बन्द गर्न सरकारलाई चेतावनी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘रेडियो नेपाल जनताको रगत पसिनाको करबाट संचालित सार्वजनिक संस्था हो । यो कुनै पार्टी, गुट, व्यक्तिको बपौति हैन । त्यहाँबाट प्रसारित विचार निम्ति बोल्ने व्यक्ति जिम्मेवार हुन्छ न कि रेडियोका पदाधिकारी ! अन्तर्वार्तामा बोलेका विचारनिम्ति म जिम्मेवारी लिन्छु ! कर्मचारीलाई धम्काउने काम नगर ! सावधान !’

सोमबार बिहान जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईसँग नवराज लम्सालले लिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयले स्पष्टिकरण सोधेको छ ।


 

More form the Internet

loading...