Suvadin, Home
Citizen Bank 466.2k

Cover Image

ओली र प्रचण्डबीच भेटवार्ता, के भयो सहमति?

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा आज भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली छिमेकी भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर हालसम्म नबसेको पार्टी एकता संयोजन समितिको बैठक चाँडै डाक्ने विषयमा उहाँहरुबीच छलफल भएको हो।
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड।

काठमाडौं, ३ वैशाख – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा आज भेटवार्ता भएको छ। 

प्रधानमन्त्री ओली छिमेकी भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर हालसम्म नबसेको पार्टी एकता संयोजन समितिको बैठक चाँडै डाक्ने विषयमा उहाँहरुबीच छलफल भएको हो। 

दुई पार्टीको कार्यदलले यही वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा दिन एकता गर्न दिएको सुझावलाई यसअघिको एकता संयोजन समितिको बैठकले सकारात्मक रुपमा लिएको थियो।


 

More form the Internet

loading...