Suvadin, Home

निर्वाचन अपडेटः
बझाङमा वाम गठबन्धनका सिंह, थापा र मल्ल विजयी

प्रतिनिधि सभामा नेकपा एमालेका भैरवबहादुर सिंह ३४ हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएका छन्। यस्तै प्रदेशसभा (क) बाट नेकपा एमालेका अर्जुन थापा र माओवादी केन्द्रकी देवकी मल्ल थापाले १६ हजार ७ सय ४३ मत प्राप्त गरी प्रदेशसभा (ख)बाट विजयी भएका छन्।
वाम गठबन्धनबाट जीत हासिल गरेका नेताहरू।

काठमाडाैं, मंसिर २२ – बझाङको प्रतिनिधि सभा र प्रदेश सभाको दुवै नतिजा वामगठबन्धनको पक्षमा परेको छ। प्रतिनिधि सभामा नेकपा एमालेका भैरवबहादुर सिंह ३४ हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएका छन्।

यस्तै प्रदेशसभा (क) बाट नेकपा एमालेका अर्जुन थापा १७ हजार ८ सय ६८ मत ल्याएर विजयी भएका छन्। वाम गठबन्धनकै उम्मेदवार नेकपा माओवादी केन्द्रकी देवकी मल्ल थापाले १६ हजार ७ सय ४३ मत प्राप्त गरी प्रदेशसभा (ख)बाट विजयी भएका छन्। 

प्रतिनिधि सभामा भैरब बहादुर सिंहका प्रतिस्पर्धी नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका छन्।

यसैगरी प्रदेश सभा (क) मा नेपाली कांग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १ सय ९९ मत प्राप्त गरेका छन्। प्रदेश सभा (ख)बाट नेपाली कांग्रेसका नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत प्राप्त गरेका छन्।


 

More form the Internet

loading...