Suvadin, Home

अवरुद्ध संसद् खुलाउन शीर्ष नेताहरूबीच बैठक बस्दै 

संसदको गतिरोध अन्त्य र समसामायिक राजनीतिमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाबीचको बैठक बस्न लागेको हो। बैठक आज विहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।
प्रमुख पाँच दलबीचकाे बैठक।

काठमाडाैं, वैशाख १३  - व्यवस्थापिका संसदको गतिरोध अन्त्यका लागि शीर्ष नेताबीचको बैठक आज बस्दैछ।

संसदको गतिरोध अन्त्य र समसामायिक राजनीतिमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाबीचको बैठक बस्न लागेको हो। बैठक आज विहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

सरकारले स्थानीय तहको संख्या बढाउन खोेजेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबारको संसद बैठक अवरुद्ध गरेको थियो।संसद अवरुद्ध भएपछि मंगलबार बेलुका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनअधिकार फोरम (लोकतान्त्रिक) बीच संविधान संशोधन विद्येयक, सदनको सहज सञ्चालन, सरकारले घोषणा गरेको दोस्रो चरणको निर्वाचन र बजेटमा छलफल भएको थियो।  

एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले आज बस्ने शीष नेताबीचको बैठकले एउटा टुंगोमा पुगिने विश्वास व्यक्त गरे।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सहमतिका लागि छलफल प्रारम्भ भएको बताए।   


 

More form the Internet

loading...