Suvadin, Home

Cover Image

बङ्गलादेशी राष्ट्रपति हमिद स्वदेश फिर्ता

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज स्वदेश फर्किएका छन् । चारदिने नेपालको औपाचारिक सद्भावना भ्रमण पूरा गरी उनी आज  स्वदेश फर्किएका हुन् । 

काठमाडौं ।  बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज स्वदेश फर्किएका छन् । चारदिने नेपालको औपाचारिक सद्भावना भ्रमण पूरा गरी उनी आज  स्वदेश फर्किएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मङ्गलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बिदाइ गरिन् । 

उनको बिदाइका निम्ति गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको पनि उपस्थित थिए । उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो ।

उनको स्वागतमा झैँ बिदाइमा पनि सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारले गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए भने बालबालिकाले नेपाल र बङ्गलादेशको झण्डा फ¥हराएर विशिष्ट पाहुनालाई बिदाइ गरेका थिए । 


 

More form the Internet

loading...