Suvadin, Home

Cover Image

सान्टा बनेर ओबामा बालबालिकालाई भेट्न अस्पताल पुगे

सान्टा क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस्पताल पुगेका थिए। उनले अस्पतालमा रहेका बिरामी बालबालिकालाई उपहार दिनुका साथै तस्वीरसमेत खिचेर ट्वीटरमा ट्वीट गरेका थिए।

एजेन्सी, ५ पुस – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा सान्टा क्लजको पहिरनमा बिरामी बालबालिकालाई भेट्न बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पताल पुगेका छन्। उनले क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका हुन्।

सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस्पताल पुगेका थिए। उनले अस्पतालमा रहेका बिरामी बालबालिकालाई उपहार दिनुका साथै तस्वीरसमेत खिचेर ट्वीटरमा ट्वीट गरेका थिए।

उनले अस्पतालमा सबैलाई धन्यवाद दिदैँ भने, 'यी बालबालिका र उनका परिवारसँग भेटेर असध्यै खुसी छु।' बासिंटन पोस्टका अनुसार उनले अस्पतालमा करिब डेढ घन्टा बिताएका थिए। उनले अस्पतालमा बालबालिकासँगै चिकित्सक तथा नर्ससँगसमेत भलाकुसारी गरेका थिए।

बालबालिकालाई दिने उपहारको पोको बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ।


 

More form the Internet

loading...