Suvadin, Home

ओबामाले भने - मतदाताले व्यवस्था विभाजित भएको हेर्न चाहेका छैनन्

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले डेमोक्रयाटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्ने होडमा रहेका नेताहरुलाई सावधान गराएका छन् ।

वास्तविकताबाट पर रहेका नीतिहरु चुनावी अभियानको क्रममा आएको भन्दै आबामाले त्यसप्रति उम्मेदवारीको होडमा रहेका डेमोक्र्याटिक नेताहरुलाई ओबामाले सचेत गराएका हुन् ।

उम्मेदवार वामपन्थतर्फ अधिक ढल्किएमा त्यसले डेमोक्र्याट मतदातालाई विभाजित गर्ने ओबामाले बताएका छन् । अधिकांश मतदाताले व्यवस्था विभाजित भएको हेर्न नचाहने ओबामाको भनाई छ । ओबामाले अझैसम्म आफ्नो समर्थन कुन नेतामा छ भन्ने खुलाएका छैनन् ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न १८ नेता प्रतिस्पर्धामा छन् । यिनीहरु मध्ये एकले आगामी चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्ने छन्।

ओबामाले एक फन्डरेजर कार्यक्रममा सहभागी हुने क्रममा सम्भावित उम्मेदवारीको होडमा रहेका नेतालाई सचेत बनाएका हुन् । पूर्व उपराष्ट्रपति जो बाइडेन, सिनेटर एलिजाबेथ वारेन, सिनेटर बर्नी सान्डर्स र इन्डियाना साउथ बेन्डका मेयर पिट् बुटजजका लागि सो फन्डरेजर भएको थियो ।

शुक्रबार वासिङ्गटनमा भएको कार्यक्रममा ओबामाले कुनै पनि उम्मेदवारको नाम लिएनन् र कुनै विशेष नीतिको पनि उल्लेख गरेनन् । तर उनले आफ्नो चासो व्यक्त गर्दै खतरा तर्फ सचेत रहन भनेका छन् ।

तर उम्मेदवारको होडमा रहेका सिनेटर सान्डर्स र वारेनलाई अधिक वामपन्थ मानिन्छ । ओबामाको भनाई उनीहरुकै नीति तर्फ हुन सक्ने अनुमान छ ।


 

More form the Internet

loading...