Suvadin, Home

महराले नैतकिहीन काम गरे : उर्जामन्त्री पुन

उर्जामन्त्री वर्षमान पुनले निवर्तमान सभामुख कृष्णबहादुर महराको बलात्कार प्रकरणमा आफूहरूलाई जोड्नु बेठिक भएको बताएका छन् ।

घोराही । उर्जामन्त्री वर्षमान पुनले निवर्तमान सभामुख कृष्णबहादुर महराको बलात्कार प्रकरणमा आफूहरूलाई जोड्नु बेठिक भएको बताएका छन् ।

प्रेस संगठन दाङले शुक्रबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा पुनले महराकै निर्वाचन क्षेत्र घोराहीमा आएर महराले नैतिकताहीन काम गरेको बताएका हुन् ।

उनले महरा सरको विषय अपराधी नभई नैतिकतासंग जोडिएकाले यसलाई सोहीरुपमा हेरिनुपर्ने बताए । बलात्कार प्रकरणमा महरा कारागार चलान भइसकेकाले अदालतले विवेक सम्मत निर्णय गर्ने उनले बताए ।

महराको वारेमा यसप्रकारका कुरा आउनु आफू चेला भएको हिसावले धेरै दुःख लागेको उनले बताए ।

महरा बलात्कार प्रकरणमा तपाइँ र तपाइँकी श्रीमतीलाइ मुछिएका कुराहरू आएका छन् नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा पुनले भने, ‘पूर्वसभामुख कृष्णबहादुर महरा सरको बलात्कार प्रकरणमा हामीलाइ जोड्नु बेठिक हो ।’

पूर्ब सभामुख ओनसरि घर्तीले पनि बिज्ञप्ति जारी गरेर सो विषयको खण्डन पनि गरिसकेको उनले बताए ।


 

More form the Internet

loading...