Suvadin, Home

काठमाडाैं महानगरकाे मेयरमा विद्यासुन्दर निर्वाचित

२० वर्षअघि एमालेकै केशव स्थापितले जितेको काठमाडौं महानगरमा निर्वाचित शाक्यले आगामी पाँच वर्षसम्म नेतृत्व गर्नेछन् । 
फोटो रवीन्द्र अधिकारीको ट्वीटरबाट।

काठमाडाैं, जेठ १४–काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी कांग्रेसका राजुराज जोशीलार्इ २० हजार ७ सत मतान्तरले हराउदै शाक्य मेयरमा निर्वाचित भएका हुन्। शाक्य ६८ हजार ९ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन्। जाेशीले ४८ हजार एक सय ९८ मत प्राप्त गरे।

२० वर्षअघि एमालेकै केशव स्थापितले जितेको काठमाडौं महानगरमा निर्वाचित शाक्यले आगामी पाँच वर्षसम्म नेतृत्व गर्नेछन् । 

 उपमेयरमा भने कांग्रेसका हरिप्रभा खड्गी विजयी भएकी छन्। 


 

More form the Internet

loading...