Suvadin, Home

चुनावमा आउन मोर्चालाई रावलको चुनौती

मुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेसी मोर्चालाई नेपालप्रति माया भए निर्वाचनमा भाग लिएर देखाउन चुनौती चेतावनी दिएका छन्। उपाध्यक्ष रावलले मधेसी मोर्चाले निर्वाचनमा भाग नलिएर लोकतन्त्रको धज्जी उडाएको र जनताका अधिकारविरुद्ध उत्रिएको आरोप समेत लगाए।
भीम रावल।

काठमाडौं, वैशाख ३- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेसी मोर्चालाई नेपालप्रति माया भए निर्वाचनमा भाग लिएर देखाउन चुनौती चेतावनी दिएका छन्।

उपाध्यक्ष रावलले मधेसी मोर्चाले निर्वाचनमा भाग नलिएर लोकतन्त्रको धज्जी उडाएको र जनताका अधिकारविरुद्ध उत्रिएको आरोप समेत लगाए। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मधेसमा जनता आफनो पक्षमा रहेको देखाउन पनि मधेसी मोर्चाले निर्वाचनमा भाग लिनैपर्ने तर्क समेत गरे।

उपाध्यक्ष रावलले निर्वाचन टार्ने÷सार्ने काम नगर्न सरकारलाई पनि चेतावनी दिएका छन्। उनले सरकार तथा सत्तारुढ काँग्रेस, माओवादी केन्द्रका नेतृत्वले एमालेको हठका कारण निर्वाचनमा मधेशी मोर्चाले भाग नलिएको भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै आपत्ति पनि जनाए।

उपाध्यक्ष रावलले सत्तारुढ कांग्रेस, माओवादी केन्द्र तथा मधेशी मोर्चाले मुलकलाई अन्यौलतामा धकेल्ने काम गरिरहेको आरोप समेत लगाए।

उपाध्यक्ष रावलले अहिले संविधान संशोधन गर्नुपर्ने प्रस्ताव मधेशका जनताको हितमा समेत नरहेको जिकिर समेत गरे।

 


 

More form the Internet

loading...