Suvadin, Home

सरकार परिवर्तन आफुहरुको प्राथमिकतामा छैनः रावल 

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकार परिवर्तन आफूहरुको प्राथमिकतामा नभएको स्पष्ट पारेका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गम्भिर भएर काम गर्नुपर्ने बताए।
नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावल।

काठमाडौं, असोज १८ – नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकार परिवर्तन आफूहरुको प्राथमिकतामा नभएको स्पष्ट पारेका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गम्भिर भएर काम गर्नुपर्ने बताए।

‘हामीले अहिले सरकार फेरबदल गर्नेबारे कुनै रुची राखेको छैन’ उनले भने,‘यो सरकारको काम पनि चुनाव गराउनु नै हो, त्यसैले हामी अहिले सरकार परिवर्तन गर्दैनौं।’

यदि आफूहरुको एकता प्रयास र चुनावी तालमेलका कारण कांग्रेसमा आएको छट्पटीले निर्वाचनमा प्रतिकुल असर परे आफूहरुले बाध्य भएर पाईला चाल्ने  उपाध्यक्ष रावलले चेतावनी दिए। 

‘हाम्रो उद्देश्य र लक्ष्य अहिले सरकारतिर छैन, चुनावमा हामी केन्द्रित भएका छौं,’ उनले भने,‘ वर्तमान सरकारले घोषित मितिभित्रै ईमानदारितापूर्वक आफ्नो काम पूरा गरोस त्यसको लागि सहयोग गर्न आफूहरु तयार छौं।’ 

देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानको लागि आफूहरुको तालमेल र पार्टी एकताको प्रयास शुरु  भएको उनले स्पष्ट पारेका छन्। 

रावलले तीन पार्टीवीचको चुनावी तालमेल र पार्टी एकताको प्रयासबाट अचम्मित बनेर कांग्रेसले अनिष्टको संज्ञाको दिन हाँस्यस्पद भएको बताए। 


 

More form the Internet

loading...