Suvadin, Home
Nepal life 2.266M

निर्वाचन अपडेटः
भोजपुरमा समानुपातिकतर्फ पनि एमाले अगाडि

प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली काँग्रेसले १५ हजार ७ सय १० र माओवादी केन्द्रले ११ हजार १ सय ५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भोजपुर, मंसिर २६ – भोजपुर जिल्लामा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतगणनानुसार नेकपा एमालेले सबैभन्दा धेरै मत प्राप्त गरेको छ।

प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली काँग्रेसले १५ हजार ७ सय १० र माओवादी केन्द्रले ११ हजार १ सय ५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

प्रतिनिधिसभामा कुल ६५ हजार ९ सय ८ मत खसे पनि ९ हजार १५ मत बदर भएको थियो। प्रदेशसभा (क) मा एमालेले १२ हजार १ सय ९१, काँग्रेसले ७ हजार ९ सय ६० मत र माओवादी केन्द्रले चार हजार ९ सय ३७ मत ल्याएको छ।

प्रदेशसभा (ख) मा एमालेले ११ हजार ३ सय ३१, काँग्रेसले ५ हजार ५ सय ४४ र माओवादी केन्द्रले छ हजार ९३ मत ल्याएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिएकाछन्।


 

More form the Internet

loading...