Suvadin, Home

विवेकशील साझाले 'मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं’ लेखिएका बेलुन उडायो

विवेकशील साझा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वि.सं. २०७२ सालको नाकाबन्दी स्मरण गराउँदै बेलुन उडाएको छ। विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डेका अनुसार शुक्रबार अपरान्ह ‘मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं,’ लेखिएका बेलुन उडाएको हो।

काठमाडाैं, २८ वैशाख – विवेकशील साझा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वि.सं. २०७२ सालको नाकाबन्दी स्मरण गराउँदै बेलुन उडाएको छ।

विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डेका अनुसार शुक्रबार अपरान्ह ‘मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं,’ लेखिएका बेलुन उडाएको हो।

ललितपुरस्थित पार्टी कार्यालयबाट बेलुन उडाइएको उनले बताए। उनले सामाजिक सञ्जालमा पनि ‘बेलुनमा लेखेर उडायौं, मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सेका छैनौं, अब के गर्ने?’ उनले लेखेका छन्।


 

More form the Internet

loading...