Suvadin, Home

Cover Image

संसद बैठकमा पेश भए यी तीन प्रतिवेदन 

प्रतिनिधिसभाको बैठकमा विषयगत समितिका तीन प्रतिवेदन पेश भएका छन् ।  

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विषयगत समितिका तीन प्रतिवेदन पेश भएका छन् ।  

मंगलबारको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रमाण (दोस्रो संशोधन), कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘बीउ बिजन (दोस्रो संशोधन) र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘लोक सेवा आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरेका थिए ।  

सङ्घीय संसद्को सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक बैठकमा  टेबुल गरेका थिए ।


 

More form the Internet

loading...