Suvadin, Home

Cover Image

प्रतिनिधि सभाको बैठक चैत ३० सम्मका लागि फेरि सारियो

प्रतिनिधि सभाको बैठक फेरि सारिएको छ । यसअघि ७ चैतमा बस्ने भनिएको बैठक १३ चैतका लागि सारिएको थियो, बन्दाबन्दी सुरु भएकाले २३ चैत (आइतबार) सम्म सारिएको थियो ।

काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि सारिएको छ । यसअघि ७ चैतमा बस्ने भनिएको बैठक १३ चैतका लागि सारिएको थियो, बन्दाबन्दी सुरु भएकाले २३ चैत (आइतबार) सम्म सारिएको थियो ।

कोरोनाको जोखिमका कारण बन्दाबन्दी कायम रहेकाले फेरि बैठक सारिएको सूचना संसद सचिवालयले शुक्रबार निकालेको हो । सूचना अनुसार अब प्रतिनिधि सभाको बैठक ३० चैत दिउसो १ बजे बस्नेछ ।

राष्ट्रिय सभाको बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ ।


 

More form the Internet

loading...