Suvadin, Home

निर्वाचन केन्द्रित सुरक्षा योजना तयार : गृहमन्त्री निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष केन्द्रीय सुरक्षा योजना तयार गरेको बताएका छन्।
गृहमन्त्री निधि।

खजुरा (बाँके), वैशाख ४- उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष केन्द्रीय सुरक्षा योजना तयार गरेको बताएका छन्।

मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको सोमबार नेपालगन्जमा उद्घघटन गर्दै उनले केन्द्रीय सुरक्षा समितिले निर्वाचनलाई लक्षित गरी विशेष योजना तयार गरेको जानकारी गराएका हुन्।

‘निर्वाचनमा खटिने कर्मचारी, मतदाता, उम्मेदवार, राजनीतिक दल र मतदान केन्द्रको सुरक्षा गर्न सुरक्षा प्रमुखहरुलाई सम्पूर्ण क्षमता प्रयोग गर्न निर्देशन दिइसकिएको छ,’ उनले भने।

गृहमन्त्री निधिले निर्वाचनमा केही असन्तुष्टि, असमझदारी, संविधान विरोधी, भूमिगत समूह तथा राजनीतिक शक्तिहरु सक्रिय रहेकाले चुनौती पनि भएकाले त्यसलाई सामना गर्न सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको बताए। ‘निर्वाचन आयोगसँगको समन्वयमा निर्वाचन सम्पादन अभियान अगाडि बढाइएको छ,’ उनको भनाई थियो।
 


 

More form the Internet

loading...