Suvadin, Home

Cover Image

नेकपा प्रवास कमिटी संयोजकमा विन्दा पाण्डे

नेपाल कम्युनिस्ट पार्टीले प्रवास समन्वय कमिटीको नेतृत्व विन्दा पाण्डेलाई दिएको छ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले प्रवास समन्वय कमिटीको नेतृत्व विन्दा पाण्डेलाई दिएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेतृ पाण्डेलाई प्रवास समन्वय कमिटीको इन्चार्ज  बनाउने  निर्णय गरेको हो ।

प्रवासी नेपालीहरूको सम्पर्क एकता स्थापित गर्ने र प्रवासी नेपालीहरू हकहितको रक्षामा भूमिका खेल्न समन्वय कमिटी गठन गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

कमिटीको सहइन्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिइएको छ भने अध्यक्षमा युवराज चौंलागाईलाई नियुक्त भएका छन् । श्रीप्रसाद साहलाई कमिटीको सचिव र दिलु बिकलाई सदस्य बनाइएको छ।


 

More form the Internet

loading...