Suvadin, Home
Nepal Telecom 939.7k

उत्तराखण्डी शक्तिसँग नेपाली खुसी

रावतले बाजी मार्दा दुर्इ जना सिनियर छायामा परे। पूर्वी कमाण्ड प्रमुख लेप्टिनेन्ट जनरल प्रवीन बक्सी र दक्षिणी कमाण्ड प्रमुख लेप्टिनेन्ट जनरल पीएम हरिजको बाटो रोकियो। अझ बक्सी त रावतभन्दा एक ब्याच नै सिनियर थिए। उनी १९७७ ब्याचका हुन्। नयाँ सेनाप्रमुख रावत र हरिज १९७८ ब्याचका। यद्यपि, रावतभन्दा हरिज बरियतामा सिनियर थिए। भारतीय सेना संख्याका हिसाबले बिश्‍वको तेस्रो ठूलो सेना हो। समग्र सैनिक शक्तिका हिसाबले बिश्‍वको चौथो शक्तिशाली सेनामा दरिन्छ।
विपीन रावत।

विप्लव मरासिनी, काठमाडाैं, पुस २१


नेपालको सुदूरपश्चिमसँग सीमा जोडिएको उत्तराखण्डका विपीन रावत हालै एक ब्याच सिनियरलाई पछि पार्दै भारतीय सेना प्रमुख भए। दलरसिंह सुहागले अवकाश पाएपछि रावत त्यहाँको सेना प्रमुख भएका हुन्, दुर्इ जना सिनियर जनरलहरूलाई उछिन्दै । उनी सेना प्रमुख भएपछि भारतमा मात्र होइन्, दक्षिण एसियाभरै चर्चा हुने नै भयो। नेपालका शक्ति केन्द्र त प्रभावित नहुने कुरै भएन। 

रावतले बाजी मार्दा दुर्इ जना सिनियर छायामा परे। पूर्वी कमाण्ड प्रमुख लेप्टिनेन्ट जनरल प्रवीन बक्सी र दक्षिणी कमाण्ड प्रमुख लेप्टिनेन्ट जनरल पीएम हरिजको बाटो रोकियो। अझ बक्सी त रावतभन्दा एक ब्याच नै सिनियर थिए। उनी १९७७ ब्याचका हुन्। नयाँ सेनाप्रमुख रावत र हरिज १९७८ ब्याचका। यद्यपि, रावतभन्दा हरिज बरियतामा सिनियर थिए। भारतीय सेना संख्याका हिसाबले बिश्‍वको तेस्रो ठूलो सेना हो। समग्र सैनिक शक्तिका हिसाबले बिश्‍वको चौथो शक्तिशाली सेनामा दरिन्छ।

दुर्इ जना सिनिएर जनरल हुँदाहुँदै मर्यादाक्रममा तेस्रा रावतलाई सेना प्रमुखमा बढुवा गर्नुपर्ने प्रमुख कारण सीमापार आतंक लगायतका वर्तमान चुनौतीको सामना गर्न सक्ने क्षमता उनीसँग भएको मूल्यांकन त्यहाको सरकारको छ।  अरुको तुलनामा प्रतिविद्रोह कारबाही र जम्मु–कश्मिरको नियन्त्रण रेखामा लामो समय काम गरेको अनुभव बढी भएका कारण रावतले मोदी सरकारको विश्वास जितेको विश्लेषकहरुको भनाइ छ।  तर, भारतीय सेनामा जुनियरलाई सेना प्रमुखमा बढुवा गरेको यो नै सम्भवत पहिलो पटक हो, जसको बिरोध त्यहाका प्रतिपक्षी दलहरुले गरिरहेका छन्। 

आखिर के हो नेपाली कनेक्सन ?

सुदूरपश्‍िचम विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलका चारै जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा र कन्चनपुरसँग भारत उत्तराखण्डको सीमा जोडिएको छ। त्यही राज्यको पौडी–गडवाल जिल्लामा जन्मिएका हुन्, नया सेना प्रमुख रावत।

उनका बुवा लछुसिंह पनि भारतीय सेनाका लेप्टिनेन्ट जनरल थिए। उत्तराखण्ड र सुदूरपश्चिम(महाकाली) को आफ्नै भावनात्मक सम्बन्ध छ। सीमा मात्र जोडिएका छैनन्, दुबै देशका नागरिकका मन पनि त्यसरी नै अटुट जोडिएका छन्। त्यहाका कतिपय ठाउँमा नेपाली मुलका बासिन्दाको उल्लेख्य बसोबास छ। रोटीबेटीको स्तरकै सम्बन्ध पनि छ। उस्तै हावापानी, रहनसहन त छ नै एउटै संस्कृति र सभ्यताले पनि दुबै देशका नागरिकलाई नजिक्याएको छ। त्यहीँकै माटोमा हुर्किएका र हावामा श्वास फेरेका एक जना सामान्य परिवारको सदस्य भारतकै शक्तिशाली पदमा पुगेका हुन्। भनिन्छ, भारतको नेपाल नीति धेरै हदसम्म ब्यूरोक्रयाटहरुकै हातमा हुन्छ। उनीहरुले नै नियन्त्रण गरिरहेका हुन्छन्। 

नेपालीहरु रावतसँग भावनात्मक रुपमा निकटता महसुस गर्ने अर्को कारण पनि छ। उनले सन् १९७८ मा कमिसन्ड भइ ११ गोरखा राइफल्सको पाचौं बटालिएनबाट सैनिक जीवन सुरु गरेका थिए। उनी सेनाका उच्च व्यावसायिक अधिकृत मानिन्छन्। भारतीय सेनाको इतिहासमा गोरखा राइफल्सबाट सेना प्रमुख हुने रावत दोस्रो व्यक्ति हुन्। संयोग कस्तो भने, उनीअघिका २५ औं सेना प्रमुख जनरल दलवीरसिंह सुहाग पनि गोरखा राइफल्सबाटै गएका थिए। गोरखालाई विश्‍वभर बहादुरी, इमानदारी र बफादारीका प्रतिकका रुपमा लिइन्छ।

शक्तिमा ‘उत्तराखण्डी’

उत्तर प्रदेशबाट छुट्टिएर उत्तराखण्डले छुट्टै राज्यको अस्तित्व कायम गरेको धेरै समय बितेको छैन। ठूलो संर्घष र लामो आन्दोलनपछि थोरै मैदानी भाग र अधिकांश पहाडी क्षेत्र समेटेर राज्य निर्माण भएको हो। तर, पछिल्लो समय यहाँका सामान्य परिवारका सदस्यको शक्तिमा पहुँच बढ्दै गएको छ। नरेन्द्र मोदी नेतृत्वमा भारतीय जनता पार्टी सत्तामा आसिन भएपछि उत्तराखण्डका भगतसिंह कोश्यारी शक्तिमा उदाएका छन्।

कुनै बेला पार्टीका तर्फबाट नेपाल डेस्कको जिम्मेवारीमा रहेका कोश्यारीकै कारण पनि उत्तराखण्डीहरूको केन्द्रमा पल्ला भारी बन्दै गएको  कतिपयको भनाइ छ। थल सेना प्रमुख रावत मात्र होइनन्, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, डिजिएमओ अनिलकुमार भट्ट, खुफिया एजेन्सी ‘र’ चिफ अनील धस्माना, पीएमओ सचिव भास्कर खुल्बे र भर्खरै बायु सेना एअर मार्सल भएका कुलदीप शर्मा पनि उत्तराखण्डकै हुन्। 


 

More form the Internet

loading...