Suvadin, Home

विप्लव नेताहरुको घरमा प्रहरी छापा

शिवराज नगरपालिका–९ शिवगढीस्थित विप्लवका भतिज यादव चन्दको घरमा बिहीवार बिहानै प्रहरी टोली पुगेको थियो। चन्दको घरमा प्रहरीले खानतलासी गर्दा स्थानीयबासी प्रतिकारमा उत्रिएका थिए। सो क्रममा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका छन्।

कपिलवस्तु, २३ फागुन – कपिलवस्तुमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताको घरमा प्रहरीले छापा मारेको छ। 

शिवराज नगरपालिका–९ शिवगढीस्थित विप्लवका भतिज यादव चन्दको घरमा बिहीवार बिहानै प्रहरी टोली पुगेको थियो। चन्दको घरमा प्रहरीले खानतलासी गर्दा स्थानीयबासी प्रतिकारमा उत्रिएका थिए। सो क्रममा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका छन्।

चन्दको घरबाट प्रहरी एसएमजी राइफल एक थान र त्यसमा लाग्ने म्यागेजिन ३ वटा, चाइनिज पेस्तोल एक थान र म्यागेजिन २ वटा, ४० मिटर तार र एक थान रिमोट बरामद भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताए। यसैगरी प्रहरीले आजै बिहान विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा पनि छापा मारेको छ।

अवैध हातहतियार राखेको विषेश सूचनाका आधारमा प्रहरीले रोकाको घरमा घेरा हालेपछि भाग्न खोज्दा प्रहरीले रोकामाथि गोली चलाइएको थियो।

प्रहरीको गोली लागेर घाइते भएका रोकाको लुम्बिनी अञ्चल अस्पलात, बुटवलमा उपचार भइरहेको छ । उनको खुट्टामा गोली लागेको छ। उनको घरबाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको थियो। 


 

More form the Internet

loading...