Suvadin, Home

उपनिर्वाचनमा प्रतिबन्ध लगाउने विप्लव समूहको चेतावनी

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । पार्टी महासचिव विप्लवले विज्ञप्तिमार्फत् दलका कार्यक्रमहरुमा प्रतिबन्ध लगाउने बताएको हो ।

विज्ञप्ति जारी गर्दै विप्लव समुहले भनेको छ, ‘सरकारले विप्लव नेकपालाई लगाएको प्रतिबन्ध नहटाएसम्म उपनिर्वाचनका कार्यक्रमहरुमा सरकार र सत्तामा सामेल पार्टीहरुका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय छ ।’

विप्लव समुहले उपनिर्वाचनका कार्यक्रममा सहभागी नहुन सर्वसाधारणलाई अनुरोधसमेत गरेका छन् ।

विज्ञप्ति जारी गर्दै समुहले सीमा अतिक्रमणका विरुद्धमा लाग्नुपर्ने समयमा जनता झुक्याउन उपनिर्वाचनको नाटक मञ्चन गरिएको आरोप लगाएको छ । उपनिर्वाचन बहिष्कार गर्ने नेकपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विप्लव समुहले सुरक्षाकर्मीहरूलाई नेकपाले आफ्नो पार्टीविरुद्ध दमन नगर्न आग्रह गरेको छ ।


 

More form the Internet

loading...